एक्सन फिल्ममा काम गर्ने दिशाको चाहना « Khabarhub

एक्सन फिल्ममा काम गर्ने दिशाको चाहना


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री दिशा पटानी हालै रिलिज भएको फिल्म ‘मलंग’ को सफलताका कारण चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहन्छिन् ।

सामाजिक सञ्जालमा अपलोड गरेका उनका तस्वीरले चर्चा कमाउँछन् । दिशालाई एक फ्यानले ट्वीटरमा सोधे, ‘तपाईंको आउँदो प्रोजेक्ट कुन हुन्छ? के हामी तपाईंलाई एक्सन गर्दै गरेको पनि देख्न सक्छौं ?’

यो सवालमा दिशाले उत्तर दिइन् । उनले भनिन्, ‘म एक्सन फिल्ममा काम गर्नका लागि म उत्सुक छु, फिल्ममा कुनै चाखलाग्दो भूमिका निभाउन चाहन्छु ।’

दिशाको एक्सन अवतार कस्तो रहनेछ र दर्शकले कहिले हेर्न पाउनेछन् भन्ने दर्शकका लागि चासोको विषय बनेको छ ।

अर्कातिर बलिउडमा चर्चा छ कि, दिशाले मोहित सुरीको आउँदो फिल्म ‘एक भिलेन २’ मा दिशाको पनि भूमिका रहनेछ । यसबारेमा पनि एक फ्यानले दिशालाई सोधे ।

उनले यो हल्लामा कुनै सत्यता नरहेको बताइन् । बरु उनले यतिबेला सलमान खानको फिल्म ‘राधे’ मा काम गर्दैछिन् । फिल्ममा उनी ज्याकी श्राफकी बहिनीको भूमिकामा देखिने पनि चर्चा छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : १६ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले