एक्सन फिल्ममा काम गर्ने दिशाको चाहना « Khabarhub

एक्सन फिल्ममा काम गर्ने दिशाको चाहना


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री दिशा पटानी हालै रिलिज भएको फिल्म ‘मलंग’ को सफलताका कारण चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहन्छिन् ।

सामाजिक सञ्जालमा अपलोड गरेका उनका तस्वीरले चर्चा कमाउँछन् । दिशालाई एक फ्यानले ट्वीटरमा सोधे, ‘तपाईंको आउँदो प्रोजेक्ट कुन हुन्छ? के हामी तपाईंलाई एक्सन गर्दै गरेको पनि देख्न सक्छौं ?’

यो सवालमा दिशाले उत्तर दिइन् । उनले भनिन्, ‘म एक्सन फिल्ममा काम गर्नका लागि म उत्सुक छु, फिल्ममा कुनै चाखलाग्दो भूमिका निभाउन चाहन्छु ।’

दिशाको एक्सन अवतार कस्तो रहनेछ र दर्शकले कहिले हेर्न पाउनेछन् भन्ने दर्शकका लागि चासोको विषय बनेको छ ।

अर्कातिर बलिउडमा चर्चा छ कि, दिशाले मोहित सुरीको आउँदो फिल्म ‘एक भिलेन २’ मा दिशाको पनि भूमिका रहनेछ । यसबारेमा पनि एक फ्यानले दिशालाई सोधे ।

उनले यो हल्लामा कुनै सत्यता नरहेको बताइन् । बरु उनले यतिबेला सलमान खानको फिल्म ‘राधे’ मा काम गर्दैछिन् । फिल्ममा उनी ज्याकी श्राफकी बहिनीको भूमिकामा देखिने पनि चर्चा छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : १६ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट