एकताले मात्र कांग्रेसको जीत : महामन्त्री कोइराला « Khabarhub

एकताले मात्र कांग्रेसको जीत : महामन्त्री कोइराला


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले काङ्ग्रेसभित्रको एकता र जनतासँंगको सुमधुर सम्बन्धले मात्र काङ्ग्रेसको जीत सम्भव हुने बताएका छन ।

घोराही उपमहानगरपालिका–१९ को सैँघास्थित मंगलबार लाकुरीडाँडामा सशस्त्र द्वन्द्वका क्रममा मारिएका काङ्ग्रेस नेता स्वर्गीय लालबहादुर घर्ती र माधव रावतको शालीक अनावरण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमा उनले सो कुरा बताएका हुन् ।

त्यसका लागि गाउँका काङ्ग्रेसलाई एक हुनसमेत महामन्त्री कोइरालाले आग्रह गरे । उनले गाउँमा कार्यकर्ता एक भए केन्द्रमा नेता एक नभइ सुख हुँदैन् एक हुनुहोस्’’, उहाँले भन्नुभयो । उनले गाँउ गाँउबाट काङ्ग्रेस एक छ र हुनुपर्छ भन्ने सन्देश कार्यकर्ताले केन्द्रसम्म दिनपर्ने बताए ।

त्यस्तै उनले अर्को प्रसङ्गमा वर्तमान सरकारका गतिविधिका कारण देश अप्ठे्यारो परिस्थितिमा पुगेको बताए । कोइरालाले लोकतन्त्रलाई संस्थागत गर्दै समृद्ध समाज निर्माण गर्ने बाटोमा सरकार लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ९ : ०३ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले