घरमै बसेर रमजान मनाउन मुसलमान समुदायलाई आग्रह « Khabarhub

घरमै बसेर रमजान मनाउन मुसलमान समुदायलाई आग्रह


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान घरमै बसेर मनाउन आह्वान गरिएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएका कारण सम्भावित जोखिम रोक्न रमाजान घरमै बसेर मनाउन आग्रह गरिएको हो ।

चर्चित गजल गायकद्वय उस्ताज अहमद हुसेन र उस्ताज मोहम्मदले जयपुरबाट यस्तो आह्वान गरिएको हो । कोरोनाभाइरसको सङ्क्रमण फैलिने खतरा र बन्दाबन्दीको कार्यान्वयन गर्नुपर्ने पक्षलाई ध्यान दिँदैै घरमै रमजान मनाउनु उपयुक्त हुने उनीहरुले बताए ।

भारतमा देशव्यापी बन्दाबन्दी लागू भइरहेको छ भने दैनिक दर्जनौमा कोरोनाभाइरसको सङ्क्रमण देखिदै गएको छ । उनीहरुले आफैले बनाएको भिडियो सन्देश मार्फत् लकडाउनको उल्लङ्घन नगरी घरमै बस्न र घरमै रमजान मनाउन आग्रह गरिएको छ ।

मुस्लीम धर्माबलम्बीहरुले एक महिनासम्म व्रत गरेर मनाउने महत्वपूर्ण पर्व मानिने रमजान यही अप्रिल २५ देखि शुरु हुँदैछ । रमजानको शुभकामना समेत दिँदै उनीहरुले लकडाउनसम्वन्धी निर्देशिका पूर्णरूपमा पालना गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १० : ४९ बजे

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप