आफ्नो जिल्लामा बढी बजेट पार्न शीर्ष नेताकै दबाब « Khabarhub

आफ्नो जिल्लामा बढी बजेट पार्न शीर्ष नेताकै दबाब


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्षको बजेट आफ्नो निर्वाचन क्षेत्रमा बढी पार्न शीर्ष नेताहरूले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीदेखि नेकपाका शीर्ष नेताहरूले आआफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्नका लागि विभिन्न योजना प्रस्ताव गरिरहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा सबैभन्दा बढी बजेट पार्न दबाब दिइरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । उनले झापामा भ्यु टावर बनाउनेदेखि सडक निर्माण तथा आर्थिक विकासका विभिन्न योजना प्रस्ताव गरेका छन् । स्थानीय तहले गर्न सक्ने योजनालाई पनि संघीय सरकारको योजनाका रूपमा प्रस्ताव गरेर बढी बजेट पार्न खोजिएको नेकपाका सांसदहरूले आरोप लगाएको राजधानी दैनिकमा खबर छ ।

संसद्को विकास तथा प्रविधि समितिमा आगामी वर्षको विकास आयोजनाको विषयमा छलफल सुरु भएको छ । सांसदहरूले समितिमा सरकारले प्रस्ताव गर्न लागेको विकास आयोजनाको विषयमा आफ्नो धारणा राख्दा नेकपाका शीर्ष नेताको गृह जिल्लामा बढी बजेट पार्न खोजेको आरोप लगाएका छन् । सरकारले तयारी गरेको आगामी वर्षका विकास आयोजनामध्ये सबैभन्दा बढी झापा, चितवन, रुपन्देही र दाङमा प्रस्ताव गरिएको छ । स्थानीय सरकार र प्रदेश सरकारमातहत सञ्चालन गर्न सकिने आयोजनाहरूलाई शीर्ष नेताहरूले विशेष महŒवको आयोजना भन्दै संघीय सरकारमा राख्न खोजेकामा उनीहरूले आपत्ति जनाएका हुन् ।

नेकपाका सांसद टोपबहादुर रायमाझीले ठूला आयोजनाका बजेट झापा, रुपन्देही, चितवन र दाङमा प्रस्ताव गरिएको जानकारी दिए । उनले सरकारको नेतृत्व गरेको र दलको शीर्ष तहमै बसेका आधारमा आफ्नो क्षेत्रमा मात्रै बढी बजेट पार्न खोज्नुले नेताहरूलाई मुलुकको विकासभन्दा पनि आफ्नो क्षेत्रको मात्रै माया बढी भएको स्पष्ट भएको बताए । विद्यालय भवनको हालत पनि त्यस्तै छ ।

पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा शीर्षकको समाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादको विषय अख्तियारमा विचाराधीन रहेको अवस्थामा पाठकले पदीय मर्यादाविपरीत कलेज अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

कलेजका अध्यक्ष न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठकले राजीनामा दिएका थिए । अख्तियारले विशेष अदालतमा बुझाएको अभियोगपत्रमा घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ७ : २१ बजे

उत्तर कोरियाको समुद्रतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले मंगलबार समुद्रतर्फ अज्ञात प्रकारको क्षेपास्त्र प्रक्षेपण गरेको

राष्ट्रियसभा : निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी

अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो