विश्व कोरोना भाइरसले आक्रान्त बनिरहँदा तीन देश 'ग्रीन जोन'मा | Khabarhub Khabarhub

विश्व कोरोना भाइरसले आक्रान्त बनिरहँदा तीन देश ‘ग्रीन जोन’मा


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीले विश्व त्रसित छ । विश्वका शक्तिशाली मुलुक कोरोनाविरुद्ध संघर्षरत छन् ।

शक्तिशाली मुलुक अमेरिका, यूरोपियन मुलुक बेलायत, स्पेन, इटाली लगायतमा कोरोना संक्रमणको अवस्था निकै नाजूक भइरहेको अवस्थामा विश्वका तीन मुलुकले कोरोना विरुद्धको लडाइँ जितेर ग्रीन जोनमा पर्न सफल भएका छन् ।

कोरोना विरुद्धको औषधी पत्ता नलागिसकेको अवस्थमा यो सबैका लागि सुखद् समाचार पनि हो । कोरोनाविरुद्धको औषधिविना नै ती मुलुकका संक्रमित सबै बिरामीहरु निको भएर घर फर्किएका छन् ।

कोरोनाविरुद्धको लडाइँ जित्ने मुलुकहरुमा सेन्ट लुसिया, ग्रीन ल्याण्ड र सेन्ट बार्थ रहेका छन् ।

सेन्ट लुसियामा १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । त्यसैगरी ग्रीनल्याण्डमा ११ जनामा कोरोनाको संक्रमण देखिएकोमा सबै उपचार पछि निको भएर घर फर्किएका छन् । अर्को सेन्ट बार्थमा ६ जनामा कोरोना देखिएकोमा सबै सफल उपचार भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी आक्रान्त अमेरिका छ । अमेरिकामा हालसम्म ४९ हजार ८४५ जनाले ज्यान गुमाइसकेका छन् भने ८ लाख ८० हजार बढी संक्रमित भएका छन् । ८५ हजार ९२२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ७ लाख ४४ हजार ४३७ जना उपचाररत रहेका छन् ।

विश्वमा शुक्रबार विहान समाचार तयार पार्दासम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ६५४ पुगेको छ । २७ लाख १८ हजार ७ सय बढी संक्रमित छन् । विश्वमा ७ लाख ४५ हजार ६२० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : ४४ बजे

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ

बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

बागमती– बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र

नदी कटान नियन्त्रण गर्न ग्याबिन पर्खाल

तनहुँ – व्यास नगरपालिकास्थित शिसाखोला–बुल्दीखोला, छबिसेदेखि घाँसीकुवासम्म नदीले कटान हुने

बालेनलाई लक्षित गर्दै सुनिताले भनिन् : आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो नरोजौँ

काठमाडौं– ‘डुङ्गा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाँच्ने

लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।