चीनमा २४ घन्टायता कोरोनाका ६ नयाँ संक्रमित भेटिए « Khabarhub

चीनमा २४ घन्टायता कोरोनाका ६ नयाँ संक्रमित भेटिए


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– कोरोना भाइरसको उद्गम देश चीनमा गएको २४ घन्टायता ६ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट चीन गएका व्यक्तिमा देखिएको बताइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो जानकारी दिएको छ । उक्त आयोगकाअनुसार चीनमा गएको २४ घन्टामा नयाँ मृत्यु भने भेटिएको छैन ।  उक्त आयोगले देशका ३१ प्रान्तबाट प्राप्त समाचारमा ८२ हजार ८०४ जना कोरोना भाइरसका कारण भएका विरामीको तथ्यांक पाइएको जनाएको छ ।

तीमध्ये पछिल्ला केही दिनमा मात्र ९१५ जना विरामी पाइएका छन् । तीमध्येका ५७ जना नागरिक गम्भीर स्वास्थ्य अवस्थामा रहेका पनि पाइएको सो समाचारमा उल्लेख गरिएको छ ।

साथै चीन सरकारले दिएको सो तथ्यांकमा ४ हजार ६३२ जना नागरिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी गराएको छ । यहाँका विरामीहरुमध्ये ७७ हजार २५७ जना विरामी निको भएर घर फर्किएका छन् ।

चीनको स्वास्थ्य आयोगले पछिल्ला दिनहरुमा चीनको हुबे प्रान्तको वुहान शहरमा कोरोना भाइरसका नयाँ विरामी नभेटिएका दाबी गरेको छ ।  त्यसैगरी हङकङमा १ हजार ३५ जना नागरिक यस भाइरसबाट संक्रमित भएका बताइएको छ । त्यहाँ यस महामारीबाट ४ जनाको मृत्यु भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा यस भााइरसको प्रकोपलाई महामारी भनेको थियो । अहिलेसम्म यस भाइरसबाट कम्तीमा पनि २७ लाख नागरिक संक्रमित भएका छन् ।  अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार यस प्रकोपबाट संसारका २०० भन्दा बढी देशमा कम्तीमा पनि १ लाख ९० हजार जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  २ : २६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन