अमेरिकामा नर्सिङ होममा बसेका ११ हजारभन्दा धेरै वृद्धवृद्धाको कोरोना संक्रमणका कारण मृत्यु « Khabarhub

अमेरिकामा नर्सिङ होममा बसेका ११ हजारभन्दा धेरै वृद्धवृद्धाको कोरोना संक्रमणका कारण मृत्यु


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – कोरोनाभाइरस सङ्कटले अमेरिकी समाजमा गहिरो प्रभाव पारिरहेकै छ, तर पछिल्लो पटक सार्वजनिक भएको विवरणले सबैलाई चिन्तित र आतङ्कित दुबै बनाएको छ ।

अर्थात् करिब दुई महिनाको अवधिमा नर्सिङ होममा बसेका ११ हजारभन्दा बढी वृद्धवृद्धाको कोरोनाभाइरसकै कारण ज्यान गएको छ ।

अमेरिकाभर फैलिएका यी नर्सिङ होममा आश्रित वृद्धवृद्धाको अझै पनि कोरोनाभाइरसको पर्याप्त परीक्षण गर्न नसकिएको खबरले सबैलाई सोचमग्न बनाएको छ ।

अझ न त संघीय सरकार न न्यूयोर्कजस्ता बढी मृत्यु भएका राज्यले नै नर्सिङ होममा रहेका व्यक्ति र त्यहाँ कार्यरत कर्मचारीको अनिवार्य स्वास्थ्य परीक्षण गर्नेतर्फ ध्यान दिएका छन ।

अमेरिकामा अहिले वृद्धवृद्धा र अशक्तलाई राख्न झण्डै १५ हजार नर्सिङ केयर होम सञ्चालनमा रहेका छन् ।

यीमध्ये करिब एक तिहाईमा मात्र परीक्षणको व्यवस्था गर्न सकिएको छ । परीक्षणपछि मात्र भाइरसको प्रसार रोक्न र बिरामी व्यक्तिलाई अलग्याउन सकिन्छ ।

“यसको अर्थ के भने केयर होममा रहेका सबै व्यक्तिको परीक्षण नगर्ने हो भने हामीले यस्ता कथाहरु अरु धेरै पढ्न पाउने छौं,” फेमिलिज फर बेटर केयरका लागि वकालत समूहका ब्रायन लीले बताए ।

“एक पटक यो रोग भित्रियो भने तत्कालै यसलाई रोक्न सकिन्न । परीक्षण गर्नुपर्ने कुरा थाहा हुँदा–नहुँदै धेरै मानिसमा संक्रमण फैलिइसकेको हुन्छ । त्यसपछि त शवको थुप्रो लाग्ने न हो ।”

यस्तै घटना अमेरिकाका सबैभन्दा ठूला नर्सिङ केयर होममा देखिइसकेको छ ।

गत हप्ता ब्रुकलिनमा रहेको एउटै नर्सिङ होममा आश्रित ५५ जनाको ज्यान गयो ।

त्यसपछि नर्सिङ होमका प्रमुखले वृद्धवृद्धामा सामान्य लक्षण मात्र देखिएको तर कुनै पनि व्यक्ति वा कर्मचारीको कोरोना परीक्षण नगरिएको स्वीकार गरेका थिए ।

भर्जिनियाको रिचमन्डस्थित एक नर्सिङ होममा हालसम्म ४९ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ ।

नर्सिङ होमका स्वास्थ्य निर्देशकले परीक्षण सामग्रीको अभावका कारण सबै व्यक्तिको परीक्षण गर्न झण्डै दुई हप्ता ढिला भएको स्वीकारेका छन् ।

परीक्षण गर्दासम्म कोरोनाको फैलावट नियन्त्रण बाहिर पुगिसकेको थियो । पछि, परीक्षण गर्दा कूल ९२ जनामा कोरोना पोजेटिभ देखियो ।

अमेरिकन हेल्थ केयर एसोसिएशनका प्रमुख कार्यकारी मार्क पार्किन्सन केयर होममा रहेका वृद्धवृद्धा र कर्मचारीको ज्यादै थोरै प्रतिशतको मात्र परीक्षण भइरहेको बताउँछन् ।

उनको भनाईमा संघीय र राज्य सरकारले शुरुमा नर्सिङ होमलाई खासै प्राथमिकतामा राखेका थिएनन् ।

“यस्तो लाग्छ, हामीलाई पूरै बेवास्ता गरिएको थियो,” पार्किन्सनले भने । “पक्कै पनि अहिले अस्पतालभन्दा पनि वास्तविक लडाईं नर्सिङ होमहरुमा हुनु पर्दछ । यहाँ पहिलो प्राथमिकता दिइनु पर्दछ ।”

संयुक्तराज्य अमेरिकाका झण्डै दुई तिहाई नर्सिङ होममा अझै पनि “परीक्षण किटहरूमा सहज पहुँच” छैन ।

झण्डै ५० हजार वरिष्ट स्वास्थ्यकर्मी सदस्य रहेको दिगो स्वास्थ्य सेवा नामको समाजसेवी संस्थाका कार्यकारी निर्देशक क्रिस ल्याक्स्टनको विचारमा नर्सिङ होमहरुले अझै पनि पर्याप्त स्रोतसाधन प्राप्त गर्न सङ्घर्ष गर्नु परिरहेको छ ।

“स्थानीय अस्पतालहरू र स्वास्थ्य विभागहरूसँग राम्रो सम्बन्ध विकास गरेका नर्सिङ होममात्र अहिले भाग्यमानी देखिएका छन्” ल्याक्स्टनले भने।

अमेरिकामा हाल दैनिक १ लाख ५० हजार व्यक्तिको परीक्षण भइरहेको छ ।

सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुको भनाईमा यसलाई अझ बढाउनु पर्दछ । हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक डा आशिष झा भन्छन्, “भाइरसको प्रसार रोक्न हामीले दिनहुँ दशौं लाख परीक्षण गर्नु आवश्यक छ ।”

संघीय स्वास्थ्य तथा मानव सेवा विभागले एसोसिएटेड प्रेससँगको जिज्ञासामा “अहिले धेरै परीक्षण भइरहेको र आफूहरुसँग पर्याप्त क्षमता रहेको” बताएको छ ।

अमेरिकामै वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले मात्र राज्यका सबै नर्सिङ होमहरूमा बिनाशर्त परीक्षण गर्न आदेश दिए ।

डेट्रोइट नगरका मेयर माइक डग्गनले शहरका सबै २६ वटा नर्सिङ होममा परीक्षणको आदेश दिएका छन् ।

यो परीक्षणमा प्रयोग हुने नयाँ किट्सले १५ मिनेटमै नतिजा दिन्छ ।

म्यासाचुसेट्सले यसै साता नर्सिङ होमहरूमा पठाइएका परीक्षण किटहरू एकाएक रोक्नु परेको थियो । खासगरी यी किटमध्ये करिब ४ हजार काम लाग्ने थिएनन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : ५४ बजे

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ