लकडाउनका बेला फेसबूकमार्फत जरायोको मासु खान बोलाउने व्यक्ति पक्राउ « Khabarhub

लकडाउनका बेला फेसबूकमार्फत जरायोको मासु खान बोलाउने व्यक्ति पक्राउ


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देउखुरी– लकडाउनका बेला फेसबूकमार्फत लोपोन्मुख वन्यजन्तु जरायोको मासु खान निम्ता दिने १ जनालाई वन कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–६ का ३५ वर्षीय शिवराज पुन छन् ।

उनलाई डिभिजन वन कार्यालय देउखुरीको टोलीले पक्राउ गरेको हो । पुनले आफ्नो फेसबूकमा भान्सामा खानेकुरा बनाउँदै गरेको फोटो राख्दै ‘जरायोको मासु खान निम्तो’ दिएका थिए ।

उनले आफ्नो फेसबूकमा लेखेका थिए– लकडाउनको टाइमा पास, आजको नास्ता जरायोको सुकुटी । मेरो घरमा स्वागत छ ।
पुनले स्टाटस लेखेको विषयमा आफूहरुमा सूचना पुगेपछि उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

पक्राउ परेका पुनविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाइएको बिडारीले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : ५५ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।