लकडाउनका बेला फेसबूकमार्फत जरायोको मासु खान बोलाउने व्यक्ति पक्राउ « Khabarhub

लकडाउनका बेला फेसबूकमार्फत जरायोको मासु खान बोलाउने व्यक्ति पक्राउ


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देउखुरी– लकडाउनका बेला फेसबूकमार्फत लोपोन्मुख वन्यजन्तु जरायोको मासु खान निम्ता दिने १ जनालाई वन कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–६ का ३५ वर्षीय शिवराज पुन छन् ।

उनलाई डिभिजन वन कार्यालय देउखुरीको टोलीले पक्राउ गरेको हो । पुनले आफ्नो फेसबूकमा भान्सामा खानेकुरा बनाउँदै गरेको फोटो राख्दै ‘जरायोको मासु खान निम्तो’ दिएका थिए ।

उनले आफ्नो फेसबूकमा लेखेका थिए– लकडाउनको टाइमा पास, आजको नास्ता जरायोको सुकुटी । मेरो घरमा स्वागत छ ।
पुनले स्टाटस लेखेको विषयमा आफूहरुमा सूचना पुगेपछि उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

पक्राउ परेका पुनविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाइएको बिडारीले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : ५५ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ