कोरोना संक्रमित युवाको यात्रा- साउदीबाट काठमाडौं, उदयपुरमा केही दिन बसेर भोजपुर | Khabarhub Khabarhub

कोरोना संक्रमित युवाको यात्रा- साउदीबाट काठमाडौं, उदयपुरमा केही दिन बसेर भोजपुर


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण देखिएका भोजपुरका २६ वर्षीय पुरुषलाई विराटनगरको कोशी अस्पतालको आइसोलेनमा उपचार गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उनी हाल हतुवागडीमा चिकित्सकको निगरानीमा रहेको र उनलाई विराटनगर ल्याउन लागिएको हो ।

गत फागुन ३० गते साउदीबाट हिमालयन एयरको विमानमा उनी नेपाल आएको डा देवकोटाले जानकारी दिए । नेपाल आएपछि उनी काठमाडौंबाट उदयपुर गए । उदयपुरमा केही दिन बसेर भोजपुर गएका थिए ।

प्रवक्ता देवकोटाका अनुसार उदयपुरमा बस्दा उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको पनि थ्रोड स्वाब संकलन गरी परीक्षण गरिएको छ ।

ति युवाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ भने १० जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हाल देशभरका विभिन्न अस्पतालमा ३८ जना कोरोना संक्रमितहरु आइसोलेनमा उपचारत छन् ।

बाग्लुङको धौलागिरी अस्पतालमा एकजना, धनगडीको सेती प्रादेशिक अस्पतालमाा एकजना, वीरगञ्जमा ५ जना, भरतपुरमा २ जना र बिराटनगरको कोशी अस्पतालमा २८ जना कोराना संक्रमित उपचारत रहेको र सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

हालसम्म पीसीआर विधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण गरिएको छ भने र्‍यापिट डाइग्रोष्टि टेष्ट किट (आरडीटी) बाट ३८ हजार ८९ जनाको कोरोना परीक्षण गरिएको छ । पीसीआर र आरडीटी दुवै विधिबाट हालसम्म ४७ हजार ४ सय ९६ वटा टेष्ट भएको छ । गत २४ घण्टामा ३ हजार ७ सय ९१ वटा नयाँ परीक्षण भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ४ : ४६ बजे

विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट हमासको अपहरणमा परेका कञ्चनपुरका

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सीईओमा सञ्जोग गुप्ता

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सञ्जोग गुप्तालाई प्रमुख कार्यकारी

‘सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौँ’

काठमाडौं– नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी

युक्रेनमा रूसी आक्रमण, चार जनाको मृत्यु

किएभ– युक्रेनमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काभ्रेपलाञ्चोक– मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५