ब्राजिलद्वारा चेक रिपब्लिक पराजित « Khabarhub

ब्राजिलद्वारा चेक रिपब्लिक पराजित


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा गाव्रियल जेसस र रोवोर्टो फिरमीन्होले गोल गर्दा ब्राजिलले चेक रिपव्लीकमाथि सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा ब्राजिलले रिपब्लीकलाई ३—१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा कमजोर प्रदर्शन गरेको ब्राजिललमाथि रिपव्लीकका डेभिड पाभाल्काले ३७ औं मिनेटमा गोल गर्दै ५ पटकको विश्वकप विजेता ब्राजिलमाथि अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा ब्राजिलका रोवोर्टो फिर्मीन्होले ४९ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । खेल १—१ गोलको बराबरी रहेको अवस्थामा ब्राजिलका जेससले ८३ औं मिनेटमा गोल गर्दै रिपव्लीकमाथि दबाब सिर्जना गरेका थिए ।

त्यस्तै, जेससले खेलको अन्तिम मिनेटमा गोल गर्दै टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३—१ गोलको जीत दिलाएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ९ : ३६ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको