अमेरिकाले अपराधमा संलग्न ग्रीनकार्डवाहकलाई देश निकाला गर्न सक्ने | Khabarhub Khabarhub

अमेरिकाले अपराधमा संलग्न ग्रीनकार्डवाहकलाई देश निकाला गर्न सक्ने


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले अपराधमा संलग्न ग्रीनकार्डवाहक आप्रवासीलाई देश निकाला गर्न सक्ने भएको छ ।

स्थायी रुपमा नै अमेरिकामा बस्दै आएका तर धेरै अपराधमा संलग्न भएको पाइए त्यता आप्रवासीलाई देश निकाला गर्न सक्ने तल्लो अदालतको आदेशलाई सर्बोच्च अदालतले पनि सदर गरेको हो ।

अमेरिकी सर्बोच्च अदालतका ९ न्यायाधीशहरुमध्ये ५ जनाले धेरै अपराधमा संलग्न ग्रीनकार्डवाहकलाई देशनिकाला गर्न सकिने प्रावधानलाई सदर गरेका हुन् ।

अदालतले धेरै अपराधमा संलग्न भएर सन् २०१६ मा जर्जियामा देशनिकाला भएका तर अमेरिकामा ग्रीनकार्ड लिएर बस्दै आएका ४२ वर्षीय आन्द्रे मार्टेलो बार्टोनको मुद्धामा यस्तो फैसला गरेको हो ।

देशनिकालामा परेका बार्टोनले हातहतियार, लागु औषध, आक्रमण लगायतका अपराध गरेका थिए । अमेरिकी ग्रीनकार्डवाहक उनले देशनिकाला रद्द गराउन माग गर्दै अदालतमा आवेदन दिएका थिए । तर अदालतले उनको पक्षमा फैसला नगरेपछि अप्ठेरोमा परेका छन् ।

सन् २०१६ मा ओबामा कार्यकालमा नै अध्यागमन अदालतका न्यायाधीशले ती व्यक्ति देशनिकाला रद्द गराउन योग्य नभएको फैसला गरेका थिए ।

सन् २०१७ मा पनि बोर्ड अफ इमिग्रेशन अपिलले उनको देशनिकालालाई छुट दिन नसकिने फैसला गरेको थियो ।

अदालतको उक्त फैसलासँगै अमेरिकामा बसोबास गर्दै आएका १ करोड ३० लाखभन्दा बढी आप्रवासीमध्ये हजारौँ मानिसहरु कुनै न कुनै रुपमा प्रभावित हुन सक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : २४ बजे

सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं- कम्प्युटर स्रोत सङ्केत (सोर्स कोड) चोरी गरेको अभियोगमा दुई

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

भक्तपुर– गोलाकार पारेर काटिएका मूलाका चानालाई सिन्काले घोचेर डल्लो र

नेपालबाट बैंकक लान तयार पारिएको चरेशसहित कारोबारी पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी ७० ग्राम चरेशसहित

इजलासमै विषपान गरी सेतो वस्त्रमा अनसन बसेकी बिनु को हुन्‌ ?

काठमाडौँ – कहिले सर्वोच्च अदालतको गेटमा कालो त कहिले रातो

संघीय लोकतान्त्रिक मोर्चाका लागि उपनिर्वाचन परीक्षा हो : रेशम चौधरी  

कैलाली– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले रूपन्देही–३