अस्पतालमा पानी चुहिँदा बिरामीलाई समस्या « Khabarhub

अस्पतालमा पानी चुहिँदा बिरामीलाई समस्या


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीलाई समस्या भएको छ । बिहीवार राति परेको पानीले अस्पतालको छाना चुहिएपछि अस्पतालमा भर्ना भएका बिरामीलाई समस्या भएको हो ।

बिरामी रहेको कक्षको शय्यामा बाहिरजत्तिकै पानी चुहिएपछि अन्तरङ्ग बिरामीलाई निकै समस्या भएको बिरामीका कुरुवा धर्मराज भट्टले जानकारी दिए ।

कक्षभित्र पानी चुहिने समस्याका कारण करीब ६ शय्यामा रहेका बिरामीलाई अन्यत्र सारिएको भट्टले बताए । उनले भने, “अस्पतालभित्रै पानी जमेपछि हामी पानी छल्दै बेडमा बस्नु परिरहेको छ ।” विशेषज्ञ अस्पताल डडेल्धुरा अस्पतालमा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाबाट बिरामी आउँछन् ।

लकडाउनका समयमा समेत दैनिक एक सयदेखि १५० बिरामीको उपचार गर्ने डडेल्धुरा विशेषज्ञ अस्पतालको यो अवस्थाले बिरामीलाई मात्र होइन चिकित्सकलाई समेत हैरान पारेको छ ।

नयाँ भवनको पानीसमेत पुरानो भवनको छानामा पर्ने र बाहिर निकास नभएपछि पानीभित्र पस्ने समस्या रहेको अस्पतालले जनाएको छ । भौतिक संरचनाको अभावमा एचडिसिएस नामक गैरसरकारी संस्थाले अस्पताल स्थापनाका बेला निर्माण गरेको पुरानो जीर्ण भवनबाट सेवा सञ्चालन गर्नुपरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

“यहाँ केही समयदेखि पानी चुहिने समस्या छ । नयाँ भवनको पानी पनि यही पुरानो भवनमा झर्छ”, उनले भने, “प्राविधिकहरू बोलाएर पनि समस्या समाधान गर्न खोजेका हौं तर नयाँ भवन निर्माण गर्दा ध्यान नपुगेकाले यो समस्या आएको हो ।”

पानी रोक्नका लागि विभिन्न प्रयास गरिए पनि धेरै पानी जम्मा हुने भएकाले समस्या समाधान हुन नसकेको र नयाँ भवन निर्माणका क्रममा रहेकाले सो बनेपछि समस्या पूर्णरुपमा सामाधान हुने डा विष्टको भनाइ छ ।

संघीय सरकारले सुदूरपश्चिमको केन्द्र भागमा रहेको डडेल्धुरा अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्दै जाँदा भौतिक संरचनाको अभावका कारण वर्षात्मा अस्पतालमा झनै समस्या हुने गरेको स्थानीयवासी महेश श्रेष्ठले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १० : ४० बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र