साउदीमा कोरा हान्ने सजाय खारेज, विकल्पमा जेल वा जरिवाना « Khabarhub

साउदीमा कोरा हान्ने सजाय खारेज, विकल्पमा जेल वा जरिवाना


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साउदी अरेबियामा कोरा हान्ने ‘छडीले हिर्काउने’सजाय खारेज भएको छ ।

कोरा हान्ने सजायलाई साउदीको सर्वोच्च अदालतले खारेज गरेको हो । अदालतले सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेशमा भनिएको छ, ‘कोरा हान्ने सजायको विकल्पमा जेल सजाय अथवा जरिवाना तिराउनुपर्छ।’

मुस्लिम राष्ट्र साउदी अरबमा सार्वजनिक स्थलमा विभिन्न घटनामा दोषीलाई कोराले हिर्काउने चलन छ। यस सजाय महिलामा पनि लागू छ। मानव अधिकारवादीहरुले कोराले हिर्काउने सजायले मानवअधिकारको उल्लंघन गरेको बताउँदै आएका थिए।

कोरा हान्ने सजाय खारेज गरिनुलाई साउदीका राजा सलमान र उनका छोरा राजकुमार मोहम्मद बिन सलमानको सुधारको कार्यक्रमको रुपमा हेरिएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १ : ५१ बजे

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने