चैत ४ गते दुबईबाट आएका थिए झापाका कोरोना संक्रमितका छोरा « Khabarhub

चैत ४ गते दुबईबाट आएका थिए झापाका कोरोना संक्रमितका छोरा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको दमकमा देखिएका कोरोना संक्रमित ६२ वर्षीय पुरुषको छोरा चैत ४ गते दुवईबाट नेपाल आएको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित वृद्ध पुरुषका छोरा चैत ४ गते दुवईबाट नेपाल आएको खुलाएका हुन् ।

ती पुरुषका छोरासहित परिवारका तीन जनामा आरडीटी परीक्षण पोजेटिभ देखिको थियो । आरडीटी परीक्षणमा पोटेटिभ देखिएका तीनजना मध्ये ६२ वर्षीय पुरुषमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

प्रवक्ता देवकोटाका अनुसार भरतपुर अस्पतालमा उपचारत कोरोना संक्रमित २७ वर्षीय पुरुषको पनि आज ८ औं दिनमा कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उनका अनुसार ती युवालाई पनि अस्पतालले आज डिस्चार्जको तयारी गरेको छ ।

हाल देशभरका अनुसार हालसम्म संक्रमितको संख्या ४९ रहेको छ भने १२ जना निको भएर घर फर्किसकेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म ९ हजार ६ सय ६६ वटा परीक्षण गरिएको छ भने र्‍यापिड डाइग्रोष्टिक टेष्ट (आरडीटी) बाट हालसम्म ४९ हजार ६ सय ७० वटा परीक्षण गरिएको छ ।

डा देवकोटाका अनुसार गत २४ घण्टामा मात्र एक हजार ९ सय ४५ वटा नमूना परीक्षण भएको छ । हाल देशभर १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै देशभरका अस्पतालको आइसोलेसनमा ८७ जना रहेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ४ : ४० बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा