‘कोविड १९’ को खोप सबैका लागि उपलब्ध हुनुपर्छ : महासचिव गुटर्रेसले | Khabarhub Khabarhub

‘कोविड १९’ को खोप सबैका लागि उपलब्ध हुनुपर्छ : महासचिव गुटर्रेसले


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् ।

उनले ट्वीट गर्दै भनका छन् यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दुःख पाएकोले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ ।

यो खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउने सार्वजनिक वस्तुजस्तै हुनुपर्ने उनको जोड छ ।

विश्वका केही देशले पछिल्ला केही दिनयता यो खोप मानिसमा परीक्षण गरेको भन्ने समाचार आएपछि महासचिव एन्टोनियो गुटर्रेसको यो भनाई आएको हो ।

यो कोरोना भाइरसको प्रकोपका विरुद्ध खोप निर्माणको प्रतिश्पर्धा विश्वमा भइरहेकोमा दुई दिनअघि बेलायत र संयुक्त राज्य अमेरिकाले यो खोपको परीक्षण मानिसमा शुरु भएको बताएका थिए ।

बेलायतमा कोरोना भाइरस खोपको परीक्षण शुरु गरिएको समाचार बिहीबार मात्र सार्वजनिक भएको थियो । बेलायतले अक्सफोर्डमा मानिसमा कोरोनाभाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको समाचार आएको थियो ।

उनले ट्वीटमा भनेका छन् – अहिलेको सम्पूर्ण विश्वले नै यो कोभिड १९ को महामारीबाट मुक्ति चाहन्छ । मलाई लाग्छ यो नै संसारको जनस्वास्थ्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।

महासचिव गुटर्रेसले विश्वव्यापी चासोको विषय भएकोले यससम्बन्धी तथ्यहरु सार्वजनिक गर्नुपर्ने र संसारका मानिसले पनि यसलाई औषधीका रुपमा प्रयोग गर्ने अधिकार राख्ने पनि बताए ।

उनले यस्तो विश्वव्यापी जनचासोको तथा नागरिकको जीवनसँग जोडिएको स्वास्थ्यको विषय भएकोले विश्वका सबै नागरिकलाई पनि ठूलो उपलब्धिको विषय भएको बताए ।

उनले यो नयाँ प्रयासले विश्वका नेताहरु, निजी क्षेत्र तथा सरकारी निकाय तथा क्षेत्रहरु, वैज्ञानिक तथा मानवीय सहायतामा कामगर्ने विश्वका अधिकारकर्मी तथा नागरिक एवं विश्वमा जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने सबैलाई एकै ठाउँमा ल्याएको पनि बताए ।
उनले यो प्रयासका लागि विश्वका नेताहरुलाई धन्यवाद पनि दिए ।

विश्वव्यापी रुपमा फैलिएको यो कोविड १९ को महामारीका विरुद्धमा एक भएर लड्न पनि उनले सबैलाई आह्वान गरे ।

यसैबीच कोरोनाभाइरसका विरुद्ध खोप निर्माण गरेर पहिलो पटक परीक्षण गरिएको समाचारमा जनाइएको छ । यस खोपको अध्ययनको लागि चयन गरिएका ८०० भन्दा बढी स्वयंसेवकमध्ये दुई जनाबाट त्यसको शुरुवात गरिएको बताइएको थियो ।

गएको तीन महिनाभित्रै यो खोप अक्सफोर्ड विश्वविद्यालयको एक टोलीले तयार पारेको बताइएको छ । सो अनुसन्धान टोलीको प्रमुखका रुपमा जेनर इन्स्चिच्युटका खोप विज्ञानकी प्राध्यापक सारा गिल्बर्टले प्रि–क्लिनिकल अध्ययनहरूको नेतृत्व गरेर सो खोपको परीक्षणका लागि सार्वजनिक गरेको बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : १० बजे

गाजामा आक्रमण जारी, युद्धविराम अझै लागू नभएको इजरायली सेनाको दाबी

जेरुसेलम– इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरूद्ध गाजामा

अधिवक्ता त्रिपाठी कुटिएको विरोधमा उत्रिए वकिल (तस्बिरहरू)

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले

रविसहित १४ जनाविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला

विदेशबाट फर्किएका युवामा कृषि मोह 

भोजपुर– यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन

अबको विकास मोडल – जमिन राज्यको, लगानी जनताको !

म ३०/३२ वर्षयता पर्यटन व्यवसायमा छु । पर्यटनमात्रै नभइ जलविद्युत,