अवस्था सामान्य भएको तीन सातापछि मात्रै परीक्षा हुन्छ : शिक्षामन्त्री | Khabarhub Khabarhub

अवस्था सामान्य भएको तीन सातापछि मात्रै परीक्षा हुन्छ : शिक्षामन्त्री


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसबाट मुलुकको अवस्था सामान्य भएको तीन सातापछि मात्रै परीक्षाहरु हुने बताएका छन् ।

उनले विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका कारण स्थिति सामान्य भएको तीन साताबाट मात्रै परीक्षाहरु गराउँने बताए ।

शिक्षा पत्रकार समूहले गरेको भिडियो कन्फरेन्समा मन्त्री पोखरेलले भने ,‘विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका छन् त्यसैले स्थिति सामान्य भएको तेस्रो साताबाट मात्रै परीक्षा गराउछौ ।’

आफू सकेसम्म परीक्षा गराउने पक्षमा रहेको भन्दै उनले कक्षा १० र ११ को परीक्षामा विकल्प आएको बताए ।

आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मन्त्रालयले कार्ययोजना बनाउने उनले बताए ।

आइबारको मन्त्रिपरिषद्ले लकडाउन बढाउने वा खुकुलो बनाउने निर्णय गर्ने छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र कार्यदलले तत्काल लकडाउन खोल्न नहुने राय दिएका छन् । कार्यदलले एक साता लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

लकडाउनका कारण एसईई र अन्य परीक्षाहरु प्रभावित बनेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : ३१ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने