स्वास्थ्य परीक्षण गर्ने मेडिकलका लागि नयाँ मापदण्ड | Khabarhub Khabarhub

स्वास्थ्य परीक्षण गर्ने मेडिकलका लागि नयाँ मापदण्ड


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मलेसिया रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परिक्षण गराउन मेडिकलले मुख्य ३ वटा मापदण्ड पुरा गर्नुपर्ने भएको छ । नयाँ मापदण्ड अनुसार मेडिकलले अनिवार्य रुपमा शारीरिक, ल्याव र एक्सरेको परीक्षण गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नयाँ मापदण्डमा अब रोजगारीमा जाने कामदारको उचाइ, लम्बाइ, तौल र शरीरको पूर्ण परीक्षण गराउनुपर्ने भएको छ । यो भन्दा अगाडी यसरी स्वास्थ्य परिक्षण हुँदैन थियो ।

यस्तै, ल्याव र एक्सेरममा उच्च रक्तचाप, एचआइभी एडस, मुटुरोग, मधुमेह हात्तीपाइले, मलेरिया, क्यान्सर जस्ता रोगको पनि अनिवार्य परीक्षण गर्नुपर्नेछ । यी रोग परीक्षण गने मेडिकलले सम्बन्धित विषयका योग्य डाक्टर राख्नुपर्ने मापदण्डमा तोकिएको छ ।

सूचीकृत हुन मेडिकललाई आह्वान

मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्थाको सूचीकरण प्रक्रिया थालेको छ । बुधबार मेडिकललाई सुचिकरण गर्ने सूचना प्रकाशित गरेर मन्त्रालयमा दर्ता हुन आह्वान गरिएको छ ।

२०६९ सालपछि नयाँ संस्था दर्ता र सूचीकरण नभएपछि यो क्षेत्रमा सीमित व्यवसायीले स्वास्थ्य परीक्षणमा सिन्डिकेट नै लगाएका थिए ।

स्वास्थ्य परीक्षण गर्ने मेडिकलमा अब सरकारी अस्पताल पनि सहभागी हुन पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव डा.रामप्रसाद घिमिरेका अनुसार अब मापदण्ड पूरा गर्ने नीति तथा सरकारी दुवै स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वस्थ्य परीक्षण गर्न पाउनेछन् ।

मलेसियाका लागि तत्काल यो व्यवस्था गरिएको भन्दै घिमिरेले अन्य देशमा पनि यही प्रविधियुक्त यस्तै प्रकारको मापदण्ड बनाइने बताए । नेपालले बनाउन मापदण्ड पनि अन्तर्राष्टिय मापदण्ड अनुसार कै हुने घिमिरेले बताए ।

अहिलेसम्म स्वास्थ्य परीक्षण गर्न पाउने मेडिकल संस्था २ सय २६ वटा मात्र छन् । अब मापदण्ड पूरा गरेका संस्थालाई खुल्ला प्रतिस्पर्धाबाट छनौट गरिने हुँदा स्वस्थ्य परीक्षणमा हुँदै आएको सिन्टिकेट पनि अन्त्य हुने भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ९ : ५५ बजे

नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३

संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री

विराटनगर– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको

राजा फर्काउने आन्दोलन : सिसिफसको दुःख !

काठमाडौं– नोबेल पुरस्कार बिजेता चर्चित अस्थित्ववादी लेखक अल्बर्ट कामूले ‘द

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज– सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार