तस्वीरमा हेर्नुस्, तोप चराका सुन्दर गुँड « Khabarhub

तस्वीरमा हेर्नुस्, तोप चराका सुन्दर गुँड


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कीर्तिपुरको भत्केपाटीस्थित प्यौऊको रुखमा तोप चराका गुँड ।

कलात्माकरुपमा घासका रेसाहरुबाट सुन्दर गुँड बनाउने हुँदा यस चरालाई इन्जिजियर चरा पनि भनिन्छ । तोप चरा भँगेरा वर्गमा पर्दछ । यसलाई कोटेरो चरा पनि भनिन्छ ।

यी चराहरूले स–साना पात र रेसाहरूलाई जोडेर बलियो र सुन्दर गुँड बनाउँछन्। राम्रो गुँड बनाउने हुनाले यसलाई इन्जिनियर चरा पनि भनिन्छ ।

यसलाई अंग्रेजीमा टेलर बर्ड भनिन्छ। यी चराहरू समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँडहरू एकै ठाउँमा भेटिन्छन्।
यिनीहरू हिउँद याममा काठमाडौंमा आउँछन् ।

काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो। हरियो घाँस जम्मा पारेर यी चराहरूले चुच्चोको सहाराले कलात्मक गुँड बनाउँछन्।

झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ। भालेले गुँड बनाएर नसकेसम्म पोथीले हेरिरहन्छ। गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन। भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउँछ। पोथीलाई खुसी बनाउनको लागि पनि भालेले राम्रो गुँड बनाउने गर्छ।

तस्वीर : रोशन सापकोटा

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : १६ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन