तस्वीरमा हेर्नुस्, तोप चराका सुन्दर गुँड | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुस्, तोप चराका सुन्दर गुँड


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कीर्तिपुरको भत्केपाटीस्थित प्यौऊको रुखमा तोप चराका गुँड ।

कलात्माकरुपमा घासका रेसाहरुबाट सुन्दर गुँड बनाउने हुँदा यस चरालाई इन्जिजियर चरा पनि भनिन्छ । तोप चरा भँगेरा वर्गमा पर्दछ । यसलाई कोटेरो चरा पनि भनिन्छ ।

यी चराहरूले स–साना पात र रेसाहरूलाई जोडेर बलियो र सुन्दर गुँड बनाउँछन्। राम्रो गुँड बनाउने हुनाले यसलाई इन्जिनियर चरा पनि भनिन्छ ।

यसलाई अंग्रेजीमा टेलर बर्ड भनिन्छ। यी चराहरू समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँडहरू एकै ठाउँमा भेटिन्छन्।
यिनीहरू हिउँद याममा काठमाडौंमा आउँछन् ।

काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो। हरियो घाँस जम्मा पारेर यी चराहरूले चुच्चोको सहाराले कलात्मक गुँड बनाउँछन्।

झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ। भालेले गुँड बनाएर नसकेसम्म पोथीले हेरिरहन्छ। गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन। भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउँछ। पोथीलाई खुसी बनाउनको लागि पनि भालेले राम्रो गुँड बनाउने गर्छ।

तस्वीर : रोशन सापकोटा

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : १६ बजे

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु