लकडाउनलाई परिमार्जन गरौं, उत्पादन र निर्माणलाई सञ्चालन गरौँ : मुख्यमन्त्री पौडेल « Khabarhub

लकडाउनलाई परिमार्जन गरौं, उत्पादन र निर्माणलाई सञ्चालन गरौँ : मुख्यमन्त्री पौडेल


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाह्य आवागमन रोकेर उत्पादन र निर्माण सञ्चालन गर्नुपर्ने बताएका छन् ।

शनिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले ‘लकडाउन’लाई परिमार्जन गर्नुपर्ने उल्लेख गरे ।

“बाह्य आवागमन रोकौँ, उत्पादन र निर्माणलाई सञ्चालन गरौँ”, मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

देशमा कोरोना भाइरसले माहामारीको रुप लिन नसक्नुको मुख्य कारण लकडाउन नै भएको भन्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको महामारीबाट जोगिन लकडाउनको विकल्प भने नभएको उल्लेख गरे ।

“तर लकडाउनलाई परिमार्जन गर्न भने आवश्यक देखिन्छ, खेतीपातीको मौसम भएकाले खनजोत, मलखाद्यको ओसारपसार, बालीनाली लगाउने, थन्काउनेलगायत कृषिकार्यका लागि उचित व्यवस्था गर्नुपर्ने हुन्छ, त्यस्तै विकास निर्माणका हिसाबलेसमेत यो मौसमलाई महत्वपूर्ण मानिने हुँदा सम्बन्धित कार्य स्थललाई नै क्वारेन्टाइन मानेर मजदूर थपघट नगर्ने गरी विकास निर्माणको कामलाई निरन्तरता दिनु उचित हुन्छ”, सन्देशमा भनिएको छ ।

यसैगरी निश्चित सीमा सिल गरेर आन्तरिक क्रियाकलाप सञ्चालन गर्दा जनजीवन सरल हुनुका साथै रोकिएको आर्थिक क्रियाकलाप सञ्चालन हुनसक्छ ।

त्यसैले कुनै पनि जिल्ला, स्थानीय तह वा उपत्यकाका नाका बन्द गरेर बाह्य आवागमन रोक्दै र भित्रका आर्थिक क्रियाकलाप सञ्चालन गर्दै ‘आवागमन रोकौँ, उत्पादन र निर्माण सञ्चालन गरौँ’ भन्ने अवधारणाका साथ अगाडि बढ्नु नै आजको आवश्यकता रहेको सन्देशमा उल्लेख छ ।

“यद्यपि, लकडाउन खुकुलो बनेको वा पूरै हटेको अवस्थामा पनि हामीले सावधानी भने अपनाउन आवश्यक छ, सङ्क्रमण फैलन मद्दत पुर्या‍उने खालका हाम्रा दैनिकी, आनीबानी तथा विज्ञले सुझाएकोभन्दा बाहेकका क्रियाकलाप भने पूर्णरुपमा रोकेर आफू र आफ्नालाई महामारीबाट जोगाउन भूमिका निर्वाह गर्नु हरेक नागरिकको कर्तव्य हुने कुरामा दुई मत छैन”, मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : १७ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु