कोरोना संक्रमणका कारण बेलायतमा ३१ जना नेपालीको मृत्यु « Khabarhub

कोरोना संक्रमणका कारण बेलायतमा ३१ जना नेपालीको मृत्यु


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायतमा कोरोनाका कारण ३१ जना नेपालीको ज्यान गएको छ ।

लण्डनस्थित दूतावासका अनुसार शनिवारसम्मको तथ्यांक अनुसार ३१ नेपालीले बेलायतमा ज्यान गुमाएका हुन् ।

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बेलायतमा आज शनिबारसम्म ३१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको बताए ।

कोरोनाबाट मृत्यु भएका नेपालीमध्ये गोरखा भूतपूर्व सैनिकहरुको संख्या बढी रहेको छ। दूतावासका अनुसार ३१ जनामध्ये २३ जना गोरखा भूतपूर्व सैनिकहरु छन्। त्यस्तै मृत्यु भएकामध्ये २९ जना पुरुष र २ जना महिला छन्।

कोरोनाबाट मृत्यु हुनेमा नेपालीमा सबैभन्दा बढी उमेर ९५ वर्ष र कम उमेर ३२ वर्ष रहेको छ ।

शनिबारसम्म बेलायतमा कोरोनाबाट बीस हजार ३१९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ४८ हजार ३७७ पुगेको छ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ५७ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर