काठमाडौँमा अलपत्र दैलेखीको उद्धार | Khabarhub Khabarhub

काठमाडौँमा अलपत्र दैलेखीको उद्धार


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका समयमा काठमाडौंमा अलपत्र परेका दैलेखी जनताको उद्धार गरिएको छ । काठमाडौँमा अलपत्र करीब ६ सय दैलेखीलाई उद्धार गरिएको हो ।

काठमाडौँमा अध्ययन गर्ने विद्यार्थी, उपचारका लागि गएका नागरिक र अन्य कामका सिलसिलामा गएका ११ वटै पालिकाका नागरिकको उद्धार भइरहेको नेकपाका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

नेकपा दैलेखका पार्टी अध्यक्ष एवं सङ्घीय सांसद रवीन्द्र शर्माका अनुसार कोठाभाडामा बसेका विद्यार्थीलाई खाना समस्या र मजदूरको गुनासो पनि तीव्र भएपछि नेकपाका नेता, प्रदेशसभा सदस्य, सङ्घीय सांसद र दैलेखी सेवा समाज काठमाडौंको पहलमा उद्धार शुरु गरिएको हो ।

दैलेखका ११ वटै स्थानीय तहका मानिस काठमाडौँमा अलपत्र भएपछि यसको उद्धारका लागि विभिन्न व्यक्तिलाई जिम्मेवारी प्रदान गरिएको थियो । सोही आधारमा उद्धार गर्दा लागेको खर्च सम्बन्धित स्थानीय तहले तिर्ने सहमतिअनुसार गाडीमा ६ सयभन्दा बढी नागरिक शनिबारसम्म यहाँ ल्याइएको छ ।

गुराँस गाउँपालिकाले देशभरि अलपत्र १६० नागरिकलाई उद्धार गरिएको जनाएको छ । काठमाडौंका ३८, पर्वतमा ज्यालादारी काम गर्दै आएका १४, सुर्खेतमा अलपत्र परेका ४३ र अन्य विभिन्न स्थानमा रहेका १६० जनालाई ल्याइएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

दुल्लु नगरपालिकामा एक सय जना विभिन्न स्थानबाट आइसकेको बताइएको छ । ठाँटीकाँध गाउँपालिकामा ७० जना उद्धार गरेर ल्याइएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए । पालिकामा ७२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

दैलेखी समाजले लकडाउन अवधिभरि विभिन्न काममा आएर समस्यामा परेकालाई स्वास्थ्य सामग्रीलगायत राहत वितरण गदै आइरहेको अध्यक्ष प्रताप शाहीले बताए ।

नारायण नगरपालिकाका ७३ जनालाई दुई बस भरेर सङ्घीय सांसद पार्वती बिशुन्केलगायतले जिल्ला पठाउनुभयो । सवारी साधनको भाडा बैठक बसेर निर्णय गरिने नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए ।

काठमाडौँमा रहेको दैलेखका नागरिकको उद्धारमा भैरवीका लागि नेकपाका केन्द्रीय सदस्य रिजाल, गुराँसका लागि टोपबहादुर बिसी, भगवतीमाई तथा डुंगेश्वरका लागि धर्मराज रेग्मी र हिक्मत थापा खटिएका थिए।

यस्तै नारायणका लागि विशुन्के, महाबुका लागि रवीन्द्रराज शर्मा र नन्द विष्ट, नौमूलेका लागि नरबहादुर हमाल र प्रताप शाही, दुल्लुका लागि विनोदकुमार शाह, चामुण्डाका लागि शेरबहादुर रावत, ठाँटिकाँध तथा आठबीसका लागि सुस्मिता सिंह, राजबहादुर बुढा, तर्कबहादुर शाही उद्धार टोलीमा रहेका थिए ।

नेकपाका युवा नेता रिजालले सङ्कटका अवस्थामा राजधानीमा पढ्न गएका विद्यार्थी र अन्य कामको सिलसिलामा गएका मानिसलाई आफ्नै जिल्लामा पठाउन पाइएकामा सन्तोष व्यक्त गर्दै अन्यलाई पनि त्यस्तो सहयोगका लागि आग्रह गरे ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : १४ बजे

ललितपुर महानगरपालिकाले थाल्यो अनधिकृत संरचना हटाउन (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत

गैरआवासीय नेपालीको गुनासो- मालपोतले समेत नचिन्ने नागरिकताको के काम ?

काठमाडौं- गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट

सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका- खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको हुन सक्छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी