अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइने « Khabarhub

अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइने


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीको समयमा अत्यावश्यक परेका आफ्ना नागरिकलाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ ।

अत्यावश्यक परेका बाहेकलाई जहाँ छन्, त्यहीँ रहने र आवश्यक परेकालाई सोही ठाउँमा पुगी राहत वितरणको व्यवस्था गर्ने पनि गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकामा स्थायी ठेगाना भई काठमाडौ उपत्यकाभित्र बसोबास गरिरहेका नागरिकलाई राहत र उद्धारमा सघाउन पनि आग्रह गरिएको गउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

जुगलमा आवतजावतमा रोक

स्थानीय तहले उपत्यकाबाट धमाधम आफ्ना नागरिकलाई गाउँ ल्याइरहेका बेला जुगल गाउँपालिकाले आवागमन रोकेको छ । दैनिक ज्यालादरी मजदुरी गर्ने र काठमाडौँ उपत्यकामा अलपत्र परेका जुगलबासीको परिवार संख्याका आधारमा राहत उपलब्ध गराउन भने गाउँपालिकाले पहल गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले हस्ताक्षर गरी जारी गरेको सङ्कल्प प्रस्तावमा जस्लाई जहाँ समस्या परेको हो, त्यहाँ त्यहीरुपमा समाधान गर्ने जनाइएको छ ।

पालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले गाडीमा कोचाकोच गरेर धमाधम मानिस ल्याउने प्रवृत्ति देखिएकाले आफूहरु कडाइ गर्न विवश भएको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ०५ बजे

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र