कोरोना कहर: दशैंमा कुरेका फिल्म अब रिलिज होलान् ? « Khabarhub

कोरोना कहर: दशैंमा कुरेका फिल्म अब रिलिज होलान् ?


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको दशैंदेखि नै यो वर्षको दशैंलाई भनेर कैयन् फिल्म घोषणा गरिए । नेपालका चर्चित मेकरले पनि दशैंमै फिल्म रिलिज घोषणा गरिदिए ।

दीपकराज गिरी, प्रदीप भट्टराई, अशोक शर्मा, रामबाबु गुरुङ, झरना थापा लगायतका चर्चित मेकरले पनि फिल्म दशैंमा रिलिज गर्ने दाबी गरिरहे । यो वर्ष नेपालका ठूला ब्यानरमा भनिएका फिल्मले दशैं नै ताकेका थिए ।

दशैंमा हुने सरकारी विदा र यो बेला रिलिज गरिएका फिल्मले सहजै लगानी उठाउने कारणले पनि मेकरहरु ठूलो बजेटका फिल्म बनाउने र दशैंमै रिलिज गर्ने तयारीमा थिए ।

यतिबेला भने कोरोना कहरको बढ्दो प्रभावका कारण कुनै फिल्म पनि दशैंमा रिलिज हुने सम्भावना टर्दै गएको छ । जबकि, केही फिल्मले दशैंमा रिलिज गर्ने भन्दै छायांकन पनि थालेका थिए । प्रदीप भट्टराई, रामबाबु गुरुङ र दीपकराज गिरी भने स्किृप्टमै काम गर्दै थिए ।

अहिले मेकरले फिल्मको स्किृप्टमा काम गरे पनि लकडाउनका कारण ‘मुड’ नभनेको भन्दै फिल्ममा पूरा समय दिएका छैनन् । अर्कातिर यो वर्षको दशैंसम्म पनि कोरोनाको यो प्रभाव कम हुने सम्भावना न्यून छ । चैत्र ११ गतेदेखि नेपालमा लकडाउन गरिएको छ ।

लकडाउनका कारण फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ ।

यो वर्ष गत वर्ष रिलिज हुन नपाएका फिल्म पनि माहोल सामान्य हुनासाथ रिलिज हुने तरखरमा छन् । घोषणा गरिएका फिल्म भने यो वर्ष छायांकनमै जान सकेका छैनन् ।

लकडाउन लम्बिँदै जाने हो भने यो दशैंमा घोषणा गरिएका कुनै पनि फिल्म रिलिज हुने छैनन् । किनकि, फिल्मको छायांकन र पोस्ट प्रोडक्सनमा पनि समय लाग्नेछ । बरु माहोल केही सुध्रियो भने अघिल्ला वर्ष रिलिज हुन बाँकी फिल्ममध्ये म यस्तो गीत गाउँछु २ र प्रेम गीत ३ दशैंमा रिलिज हुने सम्भावना बढेर गएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ३ : ०३ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित