कोरोना कहर: दशैंमा कुरेका फिल्म अब रिलिज होलान् ? « Khabarhub

कोरोना कहर: दशैंमा कुरेका फिल्म अब रिलिज होलान् ?


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको दशैंदेखि नै यो वर्षको दशैंलाई भनेर कैयन् फिल्म घोषणा गरिए । नेपालका चर्चित मेकरले पनि दशैंमै फिल्म रिलिज घोषणा गरिदिए ।

दीपकराज गिरी, प्रदीप भट्टराई, अशोक शर्मा, रामबाबु गुरुङ, झरना थापा लगायतका चर्चित मेकरले पनि फिल्म दशैंमा रिलिज गर्ने दाबी गरिरहे । यो वर्ष नेपालका ठूला ब्यानरमा भनिएका फिल्मले दशैं नै ताकेका थिए ।

दशैंमा हुने सरकारी विदा र यो बेला रिलिज गरिएका फिल्मले सहजै लगानी उठाउने कारणले पनि मेकरहरु ठूलो बजेटका फिल्म बनाउने र दशैंमै रिलिज गर्ने तयारीमा थिए ।

यतिबेला भने कोरोना कहरको बढ्दो प्रभावका कारण कुनै फिल्म पनि दशैंमा रिलिज हुने सम्भावना टर्दै गएको छ । जबकि, केही फिल्मले दशैंमा रिलिज गर्ने भन्दै छायांकन पनि थालेका थिए । प्रदीप भट्टराई, रामबाबु गुरुङ र दीपकराज गिरी भने स्किृप्टमै काम गर्दै थिए ।

अहिले मेकरले फिल्मको स्किृप्टमा काम गरे पनि लकडाउनका कारण ‘मुड’ नभनेको भन्दै फिल्ममा पूरा समय दिएका छैनन् । अर्कातिर यो वर्षको दशैंसम्म पनि कोरोनाको यो प्रभाव कम हुने सम्भावना न्यून छ । चैत्र ११ गतेदेखि नेपालमा लकडाउन गरिएको छ ।

लकडाउनका कारण फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ ।

यो वर्ष गत वर्ष रिलिज हुन नपाएका फिल्म पनि माहोल सामान्य हुनासाथ रिलिज हुने तरखरमा छन् । घोषणा गरिएका फिल्म भने यो वर्ष छायांकनमै जान सकेका छैनन् ।

लकडाउन लम्बिँदै जाने हो भने यो दशैंमा घोषणा गरिएका कुनै पनि फिल्म रिलिज हुने छैनन् । किनकि, फिल्मको छायांकन र पोस्ट प्रोडक्सनमा पनि समय लाग्नेछ । बरु माहोल केही सुध्रियो भने अघिल्ला वर्ष रिलिज हुन बाँकी फिल्ममध्ये म यस्तो गीत गाउँछु २प्रेम गीत ३ दशैंमा रिलिज हुने सम्भावना बढेर गएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ३ : ०३ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ