अलपत्र परेका यात्रु ओसारपसारमा रोक « Khabarhub

अलपत्र परेका यात्रु ओसारपसारमा रोक


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ।

राजधानी काठमाडौंसहित विभिन्न शहरी क्षेत्र र विभिन्न जिल्लाबाट घर जाने यात्रुलाई स्थानीय तहले गरिरहेको उद्धारमा सरकारले रोक लगाएको हो ।

गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले अहिलेलाई उद्धारमा रोक लगाइएको बताए ।

सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन परिपत्र गरेको हो । त्यस्तै मन्त्रालयले जथाभावी पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

केही दिन यता राजधानी लगायतका शहरी क्षेत्रमा रहेका मानिसहरुलाई स्थानीय तहले उद्धार गर्ना शुरु गरेका थिए । त्यसक्रममा कोटेश्वर कलंकी लगायतका क्षेत्रमा सवारी साधन र मानिसहरुको थामिनसक्नुको भीड रहेको थियो ।

सोमबार नै विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका व्यक्तिहरुलाई प्रहरीले थानकोटमा रोकेको थियो । विराटनगर महानगरपालिकाले पठाएका केही यात्रुलाई व्‍यक्तिगत विवरण टिपेर छाडे पनि केहीलाई भने फेरि रोकिएको थियो ।

विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका १६० यात्रुमध्ये ४२ जनालाई अहिले नागढुं‌गा चेकपोस्टमै रोकिएका थिए । तर पछि नागढुंगा नाकामा यात्रुहरुको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १ : ०४ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र