लकडाउनको समयमा दालमा कालोबजारी गर्ने उद्योगी पक्राउ « Khabarhub

लकडाउनको समयमा दालमा कालोबजारी गर्ने उद्योगी पक्राउ


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- वीरगन्जका उद्यौगी मोहनलाल अग्रवाल(चाचान)सहित ५ जना पक्राउ परेका छन् ।

लकडाउनका समयमा कालोबजारी गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको हो । उनी चाचान ग्रुपमा उद्योगपति हुन् ।

वीरगन्ज-पथलैया औद्योगिक करिडोरमा पर्ने बाराको परवानीपुर गाउँपालिका-४ चैनपुरस्थित नारायणी मोडर्न पल्सेस इन्डस्ट्रिजका उनी सञ्चालक हुन्। उनीसहित उनको उद्योगका प्रतिनिधि सुनिल शर्मा पनि पक्राउ परेका छन्।

लकडाउनको मौका छाोपेर मसुराकको दाल बढी मूल्यमा बिक्री गरेको उनीमाथि आरोप छ ।

लकडाउनअघि प्रति केजी ८० देखि ८५ रूपैयाँमा बिक्री गरिएको दाल लकडाउनपछि ९४ देखि ९८ रूपैयाँमा बिक्री गरिएको पाइएकले पक्राउ गरि अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  २ : ३६ बजे

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक