आज पनि हुरिबताससहित असिनापानी पर्ने पूर्वानुमान « Khabarhub

आज पनि हुरिबताससहित असिनापानी पर्ने पूर्वानुमान


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभरको मौसम आज पनि सुधार नहुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हुरिबताससहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ ।

पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलबाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

अहिले पश्चिम तथा पूर्वका केही क्षेत्र र मध्य पहाडी भू–भागमा सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसोसम्म देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज राति पनि देशभर सामान्य बदली भई मध्य र पूर्व तथा पश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिना र हावाहुरीसहितको बर्षा हुने महाशाखाले जनाएको छ ।

प्रिमनसुन समेत सुरु भएपछि केही दिनयता दिनैपिच्छे वर्षा हुँदै आएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ३९ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा