गर्मी मौसममा लगाउनुहोस् यस्तो कपडा « Khabarhub

गर्मी मौसममा लगाउनुहोस् यस्तो कपडा


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम सकिएर गर्मी मौसम शुरु हुन लागेको छ । मौसम परिवर्तन भएसँगै पहिरनमा पनि परिवर्तन स्वभाविक र आवश्यक हुन्छ । गर्मी मौसम शुरु भएसँगै बाक्ला कपडाको सट्टा पातला र सितलता प्रदान गर्ने खालको कपडाको प्रयोग हुन्छ ।

युवा चाहन्छन् कि गर्मीमा यस्तो पहिरन होस् जसले सितलताका साथसाथै अरुलाई पनि आकर्षण गरोस् । सबै चाहन्छन् कि पहिरन वा कपडा एकदम यूनिक होस् । जो आकर्षक पनि देखियोस् र स्टाइलिस पनि होस् ।

गर्मी मौसममा कपडाको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिन जरुरी छ । पहिलो त पातलो खालको कपडा र त्यसको रंगमा ध्यान दिन जरुरी छ । गर्मी मा हल्का रंगको प्रयोग गर्नु उपयुक्त हुन्छ जसले आँखालाई पनि सितलता प्रदान गरोस् । कटन मिसिएको सिल्क, शिफोन, लिनन, जाँरजट र हेन्डलुम तथा खादीबाट बनेको लुगा लगाउनुहोस् जसले पसिनालाई सोसोस् ।

गर्मीबाट बच्नका लागि अधिकांश युवतीहरुले स्लीवलेस ड्रेस लगाउन मनपराउँछन् तर यसले गर्मीमा हात र छाला डढ्न सक्छ । दिउँसो यस्तो लुगा लगाउनुहोस् जो कटन तथा फुल स्लव्ज होस् । रात र विहानको समयमा स्लीवलेस लगाउँदा राम्रो हुन्छ ।

नलगाउनुस् यस्तो कुरा

कटन, शिफोनको कपडा फर्मल लुक्सका लागि लगाउँदा राम्रो देखिन्छ । यस मौसममा लिनन तथा जारजटको लामो स्कर्ट लगाउनुहोस् । कटन हेडलुम तथा खाडी चिसो बनाउने खालको र पसिना सोस्ने वाला फेब्रिक हो जसलाई लगाउँदा तपाई निकै गर्मीमा पनि सहज महसूस गर्नुहुन्छ । अधवैशे महिलाले कुर्ता सुरुवाल लगाउँदा राम्रो हुन्छ । खादीको कुर्ता स्टाइलसहित लगाउनुहोस् ।

सिल्क, साटन, सेन्थेटिक, कोलेस्टर मिक्स, नायलन, वेलवेट कपडाबाट इन्फेक्सन हुन सक्छ । धेरै फेब्रिक भएको कपडा नलगाउनुहोस् जसलाई सम्हाल्न समस्या पर्न सक्छ ।

जे सहज हुन्छ त्यो लगाउनुहोस्

गर्मीमा फेशन कूल हुन आवश्यक छ । धेरै चम्किलो कलर नलागाउँनुहास् । लिनन तथा कटनको कपडाको प्रयोग गर्नुहोस् । कटनको प्रिन्ट, कुशन, साधारण क्रोशियावाला डिजाइनको फेब्रिक यो मौसमका लागि राम्रो हुन्छ । युवाहरुले आफ्नो सहजताका हिसवामा कटन पेन्ट र कमिज लगाउँदा राम्रो देखिन्छ ।

गर्मी मौसममा धेरै फिटिङको सट्टा हल्का र खुकुलो खालको कपडा लगाउनुहोस् । टाइट कपडा लगाउँदा फिगर राम्रो देखिएपनि पसिना आउने भएका कारण कपडा विग्रन सक्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  २ : १७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक