रुस र भेनेजुएलाबीच २० वटा सम्झौताको 'तयारी' | Khabarhub Khabarhub

रुस र भेनेजुएलाबीच २० वटा सम्झौताको ‘तयारी’


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काराकास– भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले रुससँग ऊर्जा र शिक्षा समेतका विभिन्न क्षेत्रमा सहयोग सम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको बताएका छन् ।

“अप्रिलमा रुस र भेनेजुएलाबीच अन्तरसरकारी सहयोग सम्बन्धी उच्चस्तरीय कार्यदलको बैठक बस्दैछ । बैठकले आर्थिक, व्यापारिक, सांस्कृतिक, ऊर्जा र शिक्षासम्बन्धी २० वटा दस्तावेजमा हस्ताक्षर हुनेछ,” रुसी समाचार समिति ताससँगको अन्तर्वार्तामा राष्ट्रपति मदुरोले भने ।

दुई वटा रुसी सैनिक विमान १०० सैनिकका साथ भेनेजुएलाको काराकास उत्रेको भोलिपल्टै राष्ट्रपति मदुरोको यस्तो भनाई सार्वजनिक भएको हो ।

राष्ट्रपति मदुरोले अमेरिकी नेतृत्वमा आएको भनिएको मानवीय सहायता “नक्कली” भन्दै रुसले वास्तविक मानवीय सहायता पठाएकामा रुसलाई धन्यवाद दिए । “दुई साताअघि कैयौं टन सहायता सामग्री रुसबाट आइपुग्यो । सहयोगको अर्को खेप पनि प्राप्त हुने आशा गरेका छौं, र हामीलाई सबैभन्दा बढी आवश्यकता औषधिको हो ।”

गत साता राष्ट्रपति मदुरोले रुसबाट औषधि प्राप्त हुने बताएका थिए । गत फेब्रुअरीमा कोलम्बियासँगको सीमामा अलपत्र परेको मानवीय सहायता सामग्री राष्ट्रपति मदुरोले रोकिदिएका थिए । उनले अर्को आदेश नभएसम्म ब्राजिलसँगको सीमा पनि बन्द गर्न आदेश दिएका छन् ।

गत जनवरीमा विपक्षी नेता हुँवा गुएइदोले आफूलाई मुलुकको आधिकारिक राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा आर्थिक तथा राजनीतिक सङ्कट उत्पन्न भएको छ ।

संयुक्तराज्य अमेरिका सहित अधिकांश युरोपेली राष्ट्रहरुले गुएइदोलाई अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन्, तर रुस, चीन, टर्की समेतका केही देशले मदुरोलाई समर्थन जनाएका छन् ।

राष्ट्रपति मदुरोले अमेरिकाले गुएइदोको आडमा आफूलाई सत्ताच्यूत गर्न लागिपरेको आरोप लगाउँदै आउनुभएको छ । अन्तर्राष्ट्रिय समुदायले तत्काल भेनेजुएलामा निर्वाचन गराउनुपर्ने माग गरिरहेका छन् ।

अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्न आर्थिक प्रतिबन्धहरु घोषणा गर्नुका साथै भेनेजुएलाको राज्य नियन्त्रित तेल कम्पनी पिडिभिएसएसँग इन्धन खरिद नगर्ने जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  २ : २७ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज