कोरोना भाइरस : अमेरिकामा ५९ हजारभन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरस : अमेरिकामा ५९ हजारभन्दा बढीको मृत्यु


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप २ हजार ४२९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५९ हजार २२५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ८८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ३५ हजार २४० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ४१ हजार ९०७ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८ लाख ३४ हजार १०८ जनामध्ये १५ हजार ६३५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ५ : ५१ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी