खाडीका ६ देशमा कोरोना भाइरसको संक्रमण बढ्दो, लाखौं नेपाली जोखिममा | Khabarhub Khabarhub

खाडीका ६ देशमा कोरोना भाइरसको संक्रमण बढ्दो, लाखौं नेपाली जोखिममा


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले २९२ जनाको मृत्यु भएको छ भने ५१ हजार ७६० जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १५२ जनाको मृत्यु भएको छ । त्यहाँ २० हजार ७७ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा ८९ जनाको मृत्यु भएको छ भने ११ हजार ३८० जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेत २३ जनाको मृत्यु भएको छ भने ३ हजार ४४० जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १०/१० जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश ११ हजार ९२१ र २ हजार १३१ संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ८११ जना संक्रमित भएका छन् ।

२६२ जना नेपाली संक्रमित

गैह्रआवासिय नेपाली संघ (एनआरएनए)का अनुसार कोरोना भाइरसले अहिलेसम्मका खाडीका ६ राष्ट्रमध्ये युएईमा २ जना नेपालीको मृत्यु भएको छ भने २६२ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये बहराइनमा १२६, युएईमा ८१, कुवेतमा ५१ र साउदीमा ४ जना गरी २६२ जना नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ ।

नेपाली श्रमिकको आकर्षक श्रम गन्तव्य मानिने खाडी मुलुकमा लाखौँ नेपाली कार्यरत छन् । ती मुलुकमा कोरोना भाइरसको संक्रमण बढिरहँदा लाखौँ नेपाली जोखिममा परेका छन् ।

कतिपय नेपालीहरुले नेपाल आउन चाहिरहँदा समेत सरकारले ल्याउने तदारुकता नदेखाउँदा अप्ठेरोमा परेको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : १२ बजे

गण्डकीमा घरेलु मदिरा नियमन विधेयकः वार्षिक ६० लिटर रक्सी पार्न इजाजत नचाहिने

पोखरा – गण्डकी प्रदेशमा परम्परागत घरेलु मदिरा उत्पादनलाई व्यवस्थित र

महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा १३

रिहा गरिनुपर्ने निवेदनपछि रविले अदालतमा बुझाए पौने ३ करोडको बैंक जमानत

काठमाडौं- सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि हाल भैरहवा कारागारमा रहेका

शिक्षा समितिको बैठकमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच चर्काचर्की

काठमाडौ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली