रहेनन् बलिउड अभिनेता इरफान खान | Khabarhub Khabarhub

रहेनन् बलिउड अभिनेता इरफान खान


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको उपचारकै क्रममा निधन भएको हो ।

विगत २ वर्षभन्दा अगाडिदेखि न्यूरोइन्डोक्राइन ट्युमरबाट ग्रसित खान बेलायतको लण्डनमा उपचार पछि भारत फर्किएका थिए ।

लण्डनबाट भारत फर्किएपछि उनी मुम्बईको ललिताबेन अस्पतालमा फलोअप चेकअप गराउँदै आएका थिए । पछिल्लो समय स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मंगलबार मात्रै उनी अस्पताल भर्ना भएका थिए ।

केहि दिन अगाडि मात्रै उनकी आमाको समेत निधन भएको थियो । कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण उनी आफ्नी आमाको अन्तिम संस्कारमा जान सकेका थिएनन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : ४३ बजे

बागमती प्रदेशसभाबाट बजेट पारित

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद्

नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा