मास्क नलगाई बिरामी भेट्न अस्पताल पुगेपछि अमेरिकी उपराष्ट्रपतिको आलोचना | Khabarhub Khabarhub

मास्क नलगाई बिरामी भेट्न अस्पताल पुगेपछि अमेरिकी उपराष्ट्रपतिको आलोचना


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी उपराष्ट्रपति माइक पेन्स मास्क नलगाई बिरामी भेट्न अस्पताल पुगका छन् । अस्पताल जाँदा मास्क नलगाइ पुगेपछि उनको व्यापक आलोचना भएको छ ।

उपराष्‍ट्रपति पेन्स मिनेसोटाको एक मेडिकल सेन्टरमा मास्क नलगाई बिरामी भेट्न पुगका तस्वीरहरु सार्वजनिक भएका छन् ।

पेन्सका सहयोगी र बिरामीले भने मास्क पहिरिएका थिए । उनी गएको मेडिकल सेन्टर मायो क्लिनिकले पेन्सको तस्वीरसहितको ट्विट गरेको थियो। सोही तस्वीरका कारण उपराष्‍ट्रपतिको आलोचना भएपछि ट्विट डिलिट गरिएको थियो ।

जबकि, उपराष्‍ट्रपति पेन्स नै ह्‍वाइट हाउसको कोरोना भाइरस टास्कफोर्सका प्रमुख हुन् । स्वास्थ्यकर्मी र बिरामी भेट्न जानैपर्ने भएकाले आफू उक्त क्लिनिकमा पुगेको बताउँदै उपराष्‍ट्रपति पेन्सले आफ्नो बचाउ गर्न खोजेका छन् । मास्क नलगाएको बारे भने केही उल्लेख गरेका छैनन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : २१ बजे

सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं- कम्प्युटर स्रोत सङ्केत (सोर्स कोड) चोरी गरेको अभियोगमा दुई

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

भक्तपुर– गोलाकार पारेर काटिएका मूलाका चानालाई सिन्काले घोचेर डल्लो र

नेपालबाट बैंकक लान तयार पारिएको चरेशसहित कारोबारी पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी ७० ग्राम चरेशसहित

इजलासमै विषपान गरी सेतो वस्त्रमा अनसन बसेकी बिनु को हुन्‌ ?

काठमाडौँ – कहिले सर्वोच्च अदालतको गेटमा कालो त कहिले रातो

संघीय लोकतान्त्रिक मोर्चाका लागि उपनिर्वाचन परीक्षा हो : रेशम चौधरी  

कैलाली– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले रूपन्देही–३