द्वन्द्व नभइ एकता रोज्न पार्टी शीर्ष नेतृत्वलाई नेता साहको आग्रह | Khabarhub Khabarhub

द्वन्द्व नभइ एकता रोज्न पार्टी शीर्ष नेतृत्वलाई नेता साहको आग्रह


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र विवाद समाधान गर्नुपर्ने नेता प्रभु साहले बताएका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले द्वन्द्व नभइ एकतालाई रोज्न नेताहरूलाई आग्रह गरेका छन् ।

नेकपा भित्रको विवादबारे नेता साहले वर्तमान संकटपूर्ण स्थितिमा एकताको प्रतिक बन्दै मुलुकमा बढ़दो आर्थिक संकटको सामना गर्न तिब्र आर्थिक वृद्धिमा केन्द्रित हुन सुझाव दिएका छन् ।

“अहिले कोरोना भाइरसको महामारीको कारण देशले ठूलो आर्थिक गिरावटको सामना गरिरहेको छ, यस अवस्थामा द्वन्द्व र अस्थिरता हैन, एकता र तीव्र आर्थिक वृद्धि चाहिएको छ । अस्थिरता निम्तिने कुनै काम हाम्रो प्राथमिकतामा हुनुहुँदैन । स्थिरता नै हाम्रो प्राथमिकता हुनुपर्छ।” नेता साहले भने ।

नेता साहले अवसरवादले टाउको उठाउदै गएकोप्रति आक्रोश पोख्दै भने, ” अहिले कयौं अवसरवादी नेताहरु द्वन्द र अस्थिरता पैदा गरेर आफ्नो स्वार्थ पूर्ति गर्न उद्धत छन । देशको संकटपूर्ण स्थितिका बेला टाउको उठाउने र आफ्नो स्वार्थपुर्ति गर्ने जुन प्रयास हुँदैछ, त्यो ठुलो खतरा हो । यो देश र क्रान्तिका लागि खतरनाक हो, यसमा अल्झिनुहुँदैन । त्यस्तो भएमा देश बर्बाद हुन्छ ।”

मधेशका प्रभावशाली कम्युनिष्ट नेताको रुपमा स्थापित साह सकेसम्म सहमति बनाएर पार्टी र देशलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । अहिले सबैको ध्यान पूर्ण रुपमा कोरोना भाइरस नियन्त्रण र आर्थिक विकासमै केन्द्रित गर्न उनको सुझाव छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ५७ बजे

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्