द्वन्द्व नभइ एकता रोज्न पार्टी शीर्ष नेतृत्वलाई नेता साहको आग्रह « Khabarhub

द्वन्द्व नभइ एकता रोज्न पार्टी शीर्ष नेतृत्वलाई नेता साहको आग्रह


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र विवाद समाधान गर्नुपर्ने नेता प्रभु साहले बताएका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले द्वन्द्व नभइ एकतालाई रोज्न नेताहरूलाई आग्रह गरेका छन् ।

नेकपा भित्रको विवादबारे नेता साहले वर्तमान संकटपूर्ण स्थितिमा एकताको प्रतिक बन्दै मुलुकमा बढ़दो आर्थिक संकटको सामना गर्न तिब्र आर्थिक वृद्धिमा केन्द्रित हुन सुझाव दिएका छन् ।

“अहिले कोरोना भाइरसको महामारीको कारण देशले ठूलो आर्थिक गिरावटको सामना गरिरहेको छ, यस अवस्थामा द्वन्द्व र अस्थिरता हैन, एकता र तीव्र आर्थिक वृद्धि चाहिएको छ । अस्थिरता निम्तिने कुनै काम हाम्रो प्राथमिकतामा हुनुहुँदैन । स्थिरता नै हाम्रो प्राथमिकता हुनुपर्छ।” नेता साहले भने ।

नेता साहले अवसरवादले टाउको उठाउदै गएकोप्रति आक्रोश पोख्दै भने, ” अहिले कयौं अवसरवादी नेताहरु द्वन्द र अस्थिरता पैदा गरेर आफ्नो स्वार्थ पूर्ति गर्न उद्धत छन । देशको संकटपूर्ण स्थितिका बेला टाउको उठाउने र आफ्नो स्वार्थपुर्ति गर्ने जुन प्रयास हुँदैछ, त्यो ठुलो खतरा हो । यो देश र क्रान्तिका लागि खतरनाक हो, यसमा अल्झिनुहुँदैन । त्यस्तो भएमा देश बर्बाद हुन्छ ।”

मधेशका प्रभावशाली कम्युनिष्ट नेताको रुपमा स्थापित साह सकेसम्म सहमति बनाएर पार्टी र देशलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । अहिले सबैको ध्यान पूर्ण रुपमा कोरोना भाइरस नियन्त्रण र आर्थिक विकासमै केन्द्रित गर्न उनको सुझाव छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ५७ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु