ललितपुर महानगरले शुरु गर्यो गरीब र दैनिक ज्यालादारीलाई मेस « Khabarhub

ललितपुर महानगरले शुरु गर्यो गरीब र दैनिक ज्यालादारीलाई मेस


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाले गरीब, असहाय, दैनिक मजुदरी गर्ने श्रमिकका लागि खान खुवाउन मेस ( सामूहिक भोजन) सुरु गरेको छ । यो मेस लकडाउनको समयसम्मका लागि हो ।

यो मेस अहिले वडा नं ३ र १५ मा सुरु भइसकेको छ । अन्य वडाहरुमा आवश्यक सामान पु¥याइसकेको महानगरपालिकाले जनाएको छ ।

आवश्यक तयारी जतिसक्दो छिटो पुरा गरेर मेस संचालन गरिने महानगरले उल्लेख गरेको छ ।

सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट जोगिन लम्बाएको लकडाउनका कारण गरीब, र श्रमिक वर्गलाई हात मुख जोर्ने समस्या नहोस् भनेर मेस संचालन गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।

यसअघि ललितपुर महानगरले नेपाल सरकारले गरेको राहत वितरणको निर्देशनलाई आधार मानेर महानगरपालिकाको स्रोतले भ्याउने गरी राहत वितरण गरेको थियो ।

मेस संचालन कुन ठाउँमा गर्ने वडा कार्यालयले नै निर्णय गर्ने महानगरपालिकाले जनाएको छ ।

‘खुल्ला र सफा स्थानमा सामाजिक दुरी कायम गरेर मेस संचालन गर्न हामीले भनेका छौं ’ प्रमुख महर्जनले बताए । मेसमा दिनको दुई पटक खाना खुवाइनेछ । बिहान १० बजे र साँझ ६ बजे खाना खुवाइनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  २ : २० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको