आगलागीमा परेर गम्भीर घाइते भएका वडाध्यक्षको उपचारका क्रममा मृत्यु « Khabarhub

आगलागीमा परेर गम्भीर घाइते भएका वडाध्यक्षको उपचारका क्रममा मृत्यु


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– आगलागीमा परी गम्भीर घाइते भएका बागलुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत खनालको बुधबार बिहान निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

छिमेकी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजारमा रहेको शर्माको पसलमा यही वैशाख ८ गते आगलागी हुँदा खनाल, उनकी श्रीमती रुपा र छोरा सञ्जय घाइते भएका थिए । सोही घटनामा परी शर्माका कान्छा छोरा १५ वर्षीया समीरको घटनास्थलमै ज्यान गएको थियो ।

खनालसहित घाइते तीनै जनालाई सोही दिन पाल्पाको मिसन अस्पताल हुँदै थप उपचारका लागि काठमाडौं पुर्‍याइएको थियो । ‘उहाँको अवस्था सुधारोन्मुख थियो, अकस्मात मुटुमा समस्या आई निधन भएको खबर आयो,’ अध्यक्ष शर्माले भने, ‘शव परीक्षण प्रतिवेदनपछि सबै जानकारी आउला ।’

खनालकी श्रीमती र छोरा सञ्जयको अवस्था भने सुधारोन्मुख छ । आगलागीका कारण पसलसहित घर पूर्णरुपमा क्षति भएको छ । खनाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ०९ बजे

चरा अवलोकलनका लागि हेटौँडा उपयुक्त गन्तव्य (तस्बिरहरू)

मकवानपुर– चराहरूको अवलोकन गर्न टाढा जंगल वा संरक्षित क्षेत्रमा पुग्नुपर्छ

रास्वपाले आफ्ना सांसद र मन्त्रीबीच ‘पूर्व बजेट छलफल’ गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली