कांग्रेस वरिष्ठ नेता पौडेलको प्रश्न- राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला? | Khabarhub Khabarhub

कांग्रेस वरिष्ठ नेता पौडेलको प्रश्न- राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला?


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार गैर जिम्मेवार मान नभइ असक्षम र नालायक भएको आरोप लगाएका छन् ।

बुधवार (आज) पार्टी कार्यालय सानेपामा बसेको  केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै नेता पौडेलले सरकारलाई नालायकको संज्ञा दिएका हुन् ।

नेता पौडेलले कोरोना महामारीबाट जनतालाई जोगाउन लाग्नुपर्नेमा सरकार अरुको पार्टी फुटाउने जस्ता कार्य गरेर रक्षक नै भक्षक बनेको आरोप लगाए । त्यसतै उनले राष्ट्रपति संविधानको रक्षक रहेकोमा राष्ट्रपतिबाटै संविधानमाथि प्रहार भएको आरोप लगाए ।

‘एकातिर त्यस्ता अध्यादेश जारी गर्ने, त्यसको सँगसँगै अर्काको पार्टी तोड्न सांसद अपहरण गर्न बाहुबलीहरु खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसीरहेको सांसदलाई आश त्रास देखाउँदै काठमाडौं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन?,’ उनले प्रश्न गरेका छन्,’ संविधानका संरक्षक राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला?

 

 

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : २२ बजे

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षण गर्न क्यामेरा जडान

भोजपुर- भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस

झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज

दाङ– दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने