जवानीमा अपराध गरेर बुढेसकालमा जेल, हत्या गरेको ४१ वर्षपछि पक्राउ परे ६७ वर्षीय घर्ती « Khabarhub

जवानीमा अपराध गरेर बुढेसकालमा जेल, हत्या गरेको ४१ वर्षपछि पक्राउ परे ६७ वर्षीय घर्ती


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– १३ जना मिलेर एउटा व्यक्तिलाई कुटपिट गरी खोलामा फालेर बेपत्ता पारेको घटनामा दोषी ठहर भएका अभियुक्त ४१ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका-८ बस्ने ६७ वर्षीय डिल्ली बहादुर घर्ती छन् । घर्तिलाई घटना घटेको ४१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।

घर्ती २०३३ साल बैशाख २ गते तत्कालीन रत्नपुर गाँउपञ्चायत हाल चापाकोट नगरपालिका-८ काली गण्डकी नदी किनारास्थित खोरियाघाटमा मेला चलिरहेको बेला पाल्पाको तत्कालीन गोदारछाप गाँउ पञ्चायत बस्ने भारतीय सेनामा कार्यरत रही घर बिदामा आएका २४ वर्षीय जीत बहादुर रानालाई कुटपिट गरी कालीगण्डकी नदीमा फालेर बेपत्ता बनाएकोमा घटनामा संलग्न थिए । घटनाको ३ दिनपछि घटनास्थल भन्दा करिब ४ सय मिटर टाढा कालीगण्डकी नदीमै जीत बहादुरको शव फेला परेको थियो ।

उक्त घटनामा संलग्नहरु १३ जनालाई जिल्ला अदालत स्याङ्जाले २०३६ माघ १७ गते कसूरदार ठहर गरी जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतले दोषी ठहर गरेकाहरुले तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गरेकामा सो अदालतबाट २०३९ कात्तिक २४ गते जिल्ला अदालत स्याङ्जाकै फैसला सदर भएको थियो । प्रतिवादीहरु जिल्ला र क्षेत्रीय अदालतको फैसलाविरुद्ध पुन: सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले पिन २०४० माघ ८ गते जिल्ला तथा क्षेत्रीय अदालतकै फैसला सदर गरेको थियो ।

जन्म कैदको सजाय तोकिए पश्‍चात् फरार रहेका प्रतिवादी मध्येका डिल्ली बहादुरलाई घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले सजाय भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।

फरार प्रतिवादीमध्ये तत्कालीन रत्नपुर गाउँ पञ्चायत-८ बस्ने हाल ७० वर्षीय भक्त बहादुर कुमाललाई २०७१ माघ ६ गते प्रहरीले पक्राउ गरेकोमा हाल जिल्ला कारागार कास्कीमा सजाय भुक्तान गरिरहेका छन् । यस्तै अर्का फरार प्रतिवादी तत्कालीन रत्नपुर गाउँ पञ्चायत-८ हाल चापाकोट नगरपालिका-८ घर भएका तत्काल चापाकोट टार सिंचाई आयोजनामा पियन पदमा कार्यरत हाल ६५ वर्षीय देबि बहादुर घर्तीलाई २०७५ भदौ २१ गते प्रहरीले पक्राउ गरेकोमा हाल जिल्ला कारागार पाल्पामा सजाय भुक्तान गरिरहेका छन् ।

घटनामा संलग्न रही फरार रहेका अन्य प्रतिवादीहरुको समेत प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : २७ बजे

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सतर्कता

नेपालगञ्ज– खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि