हालसम्म ५७ हजार जनाको कोभिड–१९ परीक्षण « Khabarhub

हालसम्म ५७ हजार जनाको कोभिड–१९ परीक्षण


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म ५७ हजार १८९ जनाको कोभिड–१९ को परीक्षण गरिएको जनाएको छ ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा विकास देवकोटाले पीसीआरबाट ११ हजार ५२४ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)बाट ४५ हजार ६६५ मा परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार विगत २४ घण्टामा दुई हजार ३६७ को कोभिड–१९ परीक्षण गरिएको छ । प्रदेश नं १ मा चार हजार ८४१, प्रदेश नं २ मा पाँच हजार २९८, वाग्मती प्रदेशमा आठ हजार २१७, गण्डकी प्रदेशमा पाँच हजार ३४३, प्रदेश नं ५ मा तीन हजार ६७१, कर्णाली प्रदेशमा पाँच हजार २६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ९८६ को परीक्षण गरिएको छ ।

यसैगरी २२ हजार ९०१ जना क्वारेन्टाइनमा बसेका छन् । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश नं १ मा दुई हजार ४७८, प्रदेश नं २ मा एक हजार ४०४, वाग्मती प्रदेशमा ६११, गण्डकी प्रदेशमा ६९४, प्रदेश नं ५ मा १२ हजार ५१५, कर्णाली प्रदेशमा तीन हजार ९६३ र सुदूरपश्चिम प्रदेशमा एक हजार २३६ जना क्वारेन्टाइनमा बसेका छन् ।

यसैगरी टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा नयाँ तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पर्साका ४६ र बाराका ४३ र ३१ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । अहिले ४१ जना उपचाररत रहेका छन् ।

यसभन्दा अगाडि एकजनाको सङ्क्रमण देखिएको भनिएको ती पुराना सङ्क्रमण नै रहेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।  “ती पुराना बिरामी हुन् । उनको आज परीक्षणको क्रममा पोजेटिभ देखिएको मात्र हो”, उनले भने , “त्यसैले आज तीन जनामा मात्र सङ्क्रमण देखिएको हो ।”

यसैगरी ८७ जना आइसोलेशनमा रहेका छन् भने स्वपरीक्षण गर्दा आज एक जना गरी अहिलेसम्म ३१० जना ‘रेड जोन’मा रहेका छन् । यसैगरी मन्त्रालयले कोभिड–१९ को उपचार घरमा गर्नका लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका जारी गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । निर्देशिका जारीसँगै अब कोभिड–१९ सँग लड्ने क्षमता बढाउन घरेलु आयुर्वेदिक औषधि प्रयोग गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ५३ बजे

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने