ललितपुरको ठेचोस्थित खाजा पसलमा आगलागी, ७ लाख बढीको धनमान जलेर नष्ट « Khabarhub

ललितपुरको ठेचोस्थित खाजा पसलमा आगलागी, ७ लाख बढीको धनमान जलेर नष्ट


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ठेचो– ललितपुरको गोदावारी नगरपालिका-१२ ठेचोमा रहेको एउटा खाजा घरमा आगलागी हुँदा ७ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

खोटाङको सितापोखरी घर भएका मदन कुमार राईले ठेचोमा सञ्चालन गर्दै खाजाघरमा बुधबार बिहान आगलागी भएको थियो । आगलागीबाट उक्त खाजाघरको टहरा, सुनको सिक्री, चाँदीको ब्रास्लेट, फर्निचर, लत्ताकपडा, भाँडाकुँडा लगायतको धनमाल जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा खाना पकाउने ग्यास लिक भएर आगो सल्किएको खुल्न आएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ०३ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड