बलिउड अभिनेता इरफान खानको अन्त्यष्टि « Khabarhub

बलिउड अभिनेता इरफान खानको अन्त्यष्टि


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडका अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छ । बुधबार निधन भएका इरफानको आज साझँ मुम्बईमा अन्त्येष्टि  गरिएको हो ।

भारतीय मिडियाका अनुसार उनको अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित रहेका थिए । इरफानको बुधबार बिहान कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा उपचारको क्रममा निधन भएको थियो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर उनको अन्त्यष्टि गरिएको जनाइएको छ ।

अन्तिम संस्कारमा परिवार, नजिकका आफन्त र साथीमात्र सामेल भएका थिए ।

मंगलबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना भएका उनको बुधबार निधन भएको हो । ४ दिनअघि मात्र इरफानकी आमाको निधन भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ३७ बजे

सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

काठमाडौं– सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक

कृषकलाई सुन्तला ढुवानीमा सधैँको समस्या

तनहुँ– देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको

भोजपुरको पौवादुङमाको चाँपे गाउँमा घरघरमा धारा जडान

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’

चितवनबाट फरार बन्दी झापामा पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी

टोटनह्यामको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनले