बलिउड अभिनेता इरफान खानको अन्त्यष्टि « Khabarhub

बलिउड अभिनेता इरफान खानको अन्त्यष्टि


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडका अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छ । बुधबार निधन भएका इरफानको आज साझँ मुम्बईमा अन्त्येष्टि  गरिएको हो ।

भारतीय मिडियाका अनुसार उनको अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित रहेका थिए । इरफानको बुधबार बिहान कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा उपचारको क्रममा निधन भएको थियो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर उनको अन्त्यष्टि गरिएको जनाइएको छ ।

अन्तिम संस्कारमा परिवार, नजिकका आफन्त र साथीमात्र सामेल भएका थिए ।

मंगलबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना भएका उनको बुधबार निधन भएको हो । ४ दिनअघि मात्र इरफानकी आमाको निधन भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ३७ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले