लकडाउन उल्लंघन गर्ने १ हजार ८८९ जना नियन्त्रणमा « Khabarhub

लकडाउन उल्लंघन गर्ने १ हजार ८८९ जना नियन्त्रणमा


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले लकडाउन उल्लंघन गर्ने ४ सय ७९ महिला सहित १ हजार ८८९ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आज बिहानदेखि बेलुकासम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

यसैगरी ६ सय ५९ वटा दुई पाङ्ग्रे र ५५ वटा चारपाङग्रे गरी ७ सय १४ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट सबै भन्दा बढी १ हजार ४९०, ललितपुरमा ३५३ र भक्तपुरमा ४६ जनालाई नियन्त्रणमा लिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउन जारी राखेको छ ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : २४ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने