ओली नेतृत्वको सरकारले शासन गर्ने नैतिक आधार गुमाएको कांग्रेसको निष्कर्ष | Khabarhub Khabarhub

ओली नेतृत्वको सरकारले शासन गर्ने नैतिक आधार गुमाएको कांग्रेसको निष्कर्ष


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक तथा नैतिक आधार गुमाएको निष्कर्ष निकालेको छ ।

आज अबेरसम्म बसेको केन्द्रीय समिति बैठकले सरकारले संविधानको मुलभुत भावनालाई समेत भत्काउने काममा लागेको भन्दै राजनीतिक दल विभाजनमा सरकार आफै लागेको समेत आरोप लगाएको छ ।

कांग्रेसले कोरोनाको जोखिमका बेला समेत मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार गरिनु दुर्भाग्यपूर्ण भएको निष्कर्ष  निकालेको छ ।

केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘पछिल्लो समयमा विवादास्पद दुई वटा अध्यादेश जारी गर्नु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भइ सांसदलाई अपहरण गर्ने जस्तो कुकृत्य गर्नु र त्यस्ता कार्यको छानविन अनुसन्धान गर्न माग गर्दा जाहेरीसम्म दर्ता गर्न इन्कार गर्नु सरकारको वदनियत पुष्टि गर्ने घटना हुन् ।’

सरकारका पछिल्ला क्रियाकलापले जनताले प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको भन्दै कांग्रेसले भनेको छ,‘ओली नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ ।’

कांग्रेसले सरकारको संलग्नतामा जनता समाजवादीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण घटना घटाएको भन्दै संलग्नलाई कारबाही गर्न समेत माग गर्ने निर्णय गरेको छ ।

प्रतिपक्षी दल कांग्रेसले सांसदलाई दिइँदै आएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोषका रुपमा विनियोजन गरिंदै आएको नीति खारेज गरेर कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको छ ।

विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुलाई स्वदेशमा ल्याउने व्यवस्था मिलाउन आग्रह गर्दै कांग्रेसले बजेट र सरकारको लोकतान्त्रिक मूल्य र मान्यता विरोधी प्रवृत्तिका सम्बन्धमा संसदमा गम्भीर छलफल हुनु जरुरी रहेकाले तत्काल संसद बैठक आह्वान गर्न माग समेत गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : ४७ बजे

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत