कोरोना संक्रमित मुस्लिम अस्पतालमै कुरान पढ्दै | Khabarhub Khabarhub

कोरोना संक्रमित मुस्लिम अस्पतालमै कुरान पढ्दै


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमित २९ जना मुस्लिम समुदायका व्यक्तिहरु अस्पतालको आइसोलेसन कक्षमै  कुरान पढ्न थालेका छन् ।

मुस्लिम समुदायको महत्वपूर्ण पर्व रमजान समेत सुरु भएकाले उनीहरु अस्पतालमै कुरान पढ्न थालेका हुन् ।

विराटनगरस्थित कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. संगिता मिश्राका अनुसार त्यहाँ उपचारारत ३१ जनामध्ये २९ जना मुस्लिम समुदायकै व्यक्ति रहेको र उनीहरुले कुरान पढ्ने इच्छा राखेपछि पुस्तक उपलब्ध गराइएको छ ।

उनीहरुमध्ये केही व्यक्तिहरु रोजा बसेकाले खानपिन पनि सोही अनुसार व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

संक्रमित सबैको अवस्था अहिलेसम्म सामान्य रहेको उनले जानकारी दिइन् । ३१ जनामध्ये सुरुमा भर्ना गरिएका १२ जना संक्रमितको आज दोस्रो पटक स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ९ : २५ बजे

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद्

नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

दोधारा चाँदनी– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस