हुम्लाको सर्केगाड गाउँपालिकाका पदाधिकारीबीच कुटाकुट « Khabarhub

हुम्लाको सर्केगाड गाउँपालिकाका पदाधिकारीबीच कुटाकुट


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको बैठकमा कार्यकारी अधिकृत र वडा नं ५ का अध्यक्षबीच कुटाकुट भएको छ ।

बजेट थपका विषयमा विवाद हुँदा हात हालाहाल भएको बताइएको छ ।  वडा नम्बर ५ का अध्यक्ष कर्णजङ्ग शाहीले गरेको बजेट माग प्रक्रिया नमिलेको भन्दै अधिकृत रुद्रबहादुर शाहीले सम्झौता गर्न नमानेपछि विवाद भएको थियो।

अन्य वडालाई भने योजनाका कामको रकम नै भुक्तानी गर्दा पनि आफ्नो वडामा भने कुनै पनि आयोजनाको काम अघि नबढेकाले विवाद भएको शाहीले बताए ।

विवाद साम्य बनाउन उपाध्यक्ष जोशी धामीलाई जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष कर्ण रोकायाले जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १० : १८ बजे

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा