हुम्लाको सर्केगाड गाउँपालिकाका पदाधिकारीबीच कुटाकुट « Khabarhub

हुम्लाको सर्केगाड गाउँपालिकाका पदाधिकारीबीच कुटाकुट


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको बैठकमा कार्यकारी अधिकृत र वडा नं ५ का अध्यक्षबीच कुटाकुट भएको छ ।

बजेट थपका विषयमा विवाद हुँदा हात हालाहाल भएको बताइएको छ ।  वडा नम्बर ५ का अध्यक्ष कर्णजङ्ग शाहीले गरेको बजेट माग प्रक्रिया नमिलेको भन्दै अधिकृत रुद्रबहादुर शाहीले सम्झौता गर्न नमानेपछि विवाद भएको थियो।

अन्य वडालाई भने योजनाका कामको रकम नै भुक्तानी गर्दा पनि आफ्नो वडामा भने कुनै पनि आयोजनाको काम अघि नबढेकाले विवाद भएको शाहीले बताए ।

विवाद साम्य बनाउन उपाध्यक्ष जोशी धामीलाई जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष कर्ण रोकायाले जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १० : १८ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय