आईपीएल : कलकत्तालाई रोक्न आज क्रिस गेलको प्रदर्शन कस्तो रहला ? « Khabarhub

आईपीएल : कलकत्तालाई रोक्न आज क्रिस गेलको प्रदर्शन कस्तो रहला ?


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डिय प्रिमियर लिग (आईपीएल) मा बुधबार कलकत्ता नाइट राइडर्स र किङ्स—११ पञ्जावबीच प्रतिस्पर्धाको खेल हुँदैछ । कलकत्ताको घरेलु मैदान इडन गार्डेनमा हुने खेलमा पञ्जाव आफ्नो जीतको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

त्यस्तै, घरेलु टोली कलकत्ता आफ्ना हजारौं दर्शकलाई सकारात्मक सन्देश दिँदै पञ्जावलाई रोक्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । एक—एक खेल खेलिसकेका कलकत्ता र पञ्जाव दुवैले आफ्नो पहिलो खेलमा जीत निकालेका छन् ।

दोस्रो खेलमा दुवै टोली नतिजा आफ्नो पक्षमा पार्ने दाउमा मैदान उत्रिनेछन् । कलकत्ताका कप्तान दिनेश कार्तीकले पञ्जावविरुद्ध जीत निकाल्ने दाबी गरेका छन् । यस्तै, पञ्जावका कप्तान रविचन्द्रन आश्विनले राजस्थान रोयलसँगको नतिजा दोहो¥याउने बताएका छन् ।

अलराउण्डर क्रिस गेलको उत्कृष्ट ब्याटिङमा पञ्जावले पहिलो खेल राजस्थानलाई पराजित गरेको थियो । पछिल्लो सयम लयमा देखिएका गेल कलकत्ताविरुद्ध पनि आक्रामक खेल्न सक्ने अनुमान लगाइँदै आएको छ । गेलले पहिलो खेलमा ७९ रन बनाएका थिए ।

यस्तै, पहिलो खेलमा कलकत्ताका लागि आन्द्रे रुसेलले अलराउण्ड प्रदर्शन गरेका थिए । उनले ब्याटिङ तर्फ ४९ रन बनाएका थिए भने बलिङमा २ विकेट लिएका थिए ।

सम्भावित कलकत्ताको प्लेइङ — ११

क्रिस लेन, सुनिल नारिने, रोविन अत्थपा, नितेश राना, सुभमन गिल, दिनेश कार्तीक (कप्तान), आन्द्रे रुसेल, पिउस चावला, कुलदीप यादव, लोकिइ फरगुसन, प्रसिद्ध कृष्ण

सम्भावित पञ्जावको प्लेइङ ११

क्रिस गेल, केएल राहुल, मायाङ्क अग्रवाल, खर्फराज खान, निकोलास पुरान, डेभिड मिलर, मन्दिप सिंह, आन्द्यु ताय—साम कुरान, रविचन्दन आश्विन (कप्तान) मोहम्मद सामी, मुजिब उर रहमान, अङ्कीत राजपुत

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ५ : ४४ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार