लकडाउनका बेला डिजेल बोक्ने ट्याङ्करमा लागू औषध तस्करी | Khabarhub Khabarhub

लकडाउनका बेला डिजेल बोक्ने ट्याङ्करमा लागू औषध तस्करी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका बेला निर्वाध चल्न अनुमति पाएका इन्धन ट्याङ्करमा लागू औषधको तस्करी हुने गरेको पाइएको छ ।

तस्करहरुले इन्धन बोक्ने ट्याङ्करको प्रयोग गरी लागू औषध तस्करी गर्ने गरेका भेटिएको हो । बुधबार राति ९ः३० बजेतिर मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १५ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा एउटा ट्याङ्करमा लागू औषध भेटिएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा ना ३ ख ६४६६ नम्बरको डिजेल लोड ट्याङ्करमा नियन्त्रित लागू औषध फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त ट्याङ्करको तेल निकाल्ने लकिङ्क बक्समा लुकाएर ल्याउँदै गरेको अवस्थामा लागू औषध विनसिरेक्स फेला परेको हो ।

प्रहरीले ट्याङ्करमा लुकाएर ल्याउँदै गरेको अवस्थामा विनसिरेक्स १०० मिलिलिटरका १५५ बोत्तल बरामद गरिएको जनाएको छ ।

प्रहरीले लागू औषधसहित २ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा ट्याङ्करका चालक मकवानपुरको थाहा नगरपालिका–४ घर भइ हेटौंडा– ४ मा डेरा गरी बस्ने ३३ वर्षीय मानबहादुर थोकर र लागू औषध तस्करीमा संलग्न मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बस्ने ४५ वर्षीय सेते लामा छन् ।

प्रहरीले अवैध लागू औषध, ट्याङ्कर समेत दुई जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ३ : ०३ बजे

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको