‘अपहरण’ गर्ने विरुद्ध सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी « Khabarhub

‘अपहरण’ गर्ने विरुद्ध सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई अपहरण गरी महोत्तरीबाट काठमाडौं ल्याएको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध उनले आफूलाई अपहरण गरि काठमाडौं ल्याएको भन्दै आयोगमा निवेदन दिएका छन्।

बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन् ।

उनले आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेका छन् । ‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’ आयोगमा दिएको निवेदनमा भनिएको छ ।

अपहरणमा संलग्न भएकाहरुलाई कारबाही गर्न उनले माग गरेका छन् । यादवले निवेदनमा उल्लेख गरेका छन् ,’सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ।’

तर बस्नेत र खनालले भने आफूहरु अपहरणका लागि नभइ यादवले बोलाएपछि उनको घर पुगेर काठमाडौं ल्याएको बताउदै आएका छन्।

आफूलाई अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ३ : ०७ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु