कर्णालीको जुम्लामा पीसीआर मेसिन जडान, किट नआउँदा कोरोना परीक्षणमा समस्या | Khabarhub Khabarhub

कर्णालीको जुम्लामा पीसीआर मेसिन जडान, किट नआउँदा कोरोना परीक्षणमा समस्या


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षणका लागि पिसिआर उपकरण (मेसिन) आइपुगेको छ । उपकरण आएर जडानसमेत भइसकेको छ तर आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन ।

किट ल्याएर प्रयोगमा ल्याउने तयारी गरिएको छ । अस्पताल निर्देशक चिकित्सक मङ्गल रावलले किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था नरहेको बताए । पिसिआर उपकरण जुम्ला पुग्यो । जडान कार्य पनि सम्पन्न भयो । आवश्यक जनशक्ति तयारी अवस्थामा छन् । चिकित्सक रावलले भने, ‘आवश्यक पर्ने किट नहुँदा प्रयोगमा आउन सकेको छैन । जसकारण उपकरण प्रयोगविहीन छ ।’

कोरोना परीक्षण किट सरकारसंँग माग गरिएको छ । ‘आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएका छौँ,’ उनले भने, ‘किट आउनेबित्तिकै परीक्षण कार्य सञ्चालन हुनेछ । त्यो बिना सम्भव भएन ।’ अस्पताल निर्देशक चिकित्सक रावलका अनुसार पहिले पिसिआर उपकरण (मेसिन) सरकारसँग माग गरिएको थियो । सम्भव नदेखिएपछि प्रतिष्ठानले आफ्नै लगानीमा टेण्डर आह्वान गरेर चीनदेखि पिसिआर उपकरण जुम्ला ल्याएको हो ।

किट नहुँदासम्म पिसिआर मेसिनबाट परीक्षण हुन सक्दैन । किट बाहिर किन्न पनि मिल्छ तर बाहिर त्यो कसैसँग पनि उपलब्ध छैन । सरकारले ल्याउन सक्ने भएकाले ५०० सम्म किट माग गरिएको छ ।

तत्काल २/३ सय किट आए पनि परीक्षण कार्य अघि बढाउन सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । यो उपकरणले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको छ ।

अहिले दुईजना ल्याबका कर्मचारी सुर्खेतमा छन् । उनीहरु सुर्खेतको पिसिआर उपकरणबाट चलाउन सिकिरहेका छन् । किट आउनेबित्तिकै उनीहरु जुम्लामा आएर परीक्षण कार्य शुरु हुने अस्पतालले जनाएको छ ।

‘अहिले जुम्लामा मान्छे भित्रिने क्रम बढिरहेको छ । यो बेला अस्पतालमा राम्रो तयारी थियो तर किटले रोक्यो,’ चिकित्सक रावलले भने, ‘किट पुग्नेबित्तिकै कोरोना परीक्षण उपकरण सञ्चालन हुन्छ ।’ आगामी आइतबार सोमबारदेखि पिसिआर उपकरण सञ्चालनमा आउनेछ । तीन सय ३९ जनाको स्वाब परीक्षण र १६२ जनाको र्‍यापिड टेस्ट गरी कोरोना परीक्षण गरिएकामा सबैजनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।

विसं २०७६ चैत १० देखि जुम्लामा आठ हजार ९४७ जना नागरिक भित्रिएका छन् भने ७१५ क्वारेन्टाइन श्ययामा ५७६ जना छन् । क्वारेन्टाइनबाट १४ दिनपछि ४११ जना व्यक्ति घर फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

चार सय ९५ जना होम क्वारेन्टाइनमा बसेका छन् । १३६ जना स्वास्थ्यकर्मी जिल्लाभर परिचालन भएका छन् । लकडाउन उल्लङ्घन गर्ने बुधबारसम्म ६०८ सवारी साधन प्रहरीको कारवाहीमा परेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । रासस

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ३ : २७ बजे

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश