प्रहरीबाट पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति महासंघद्वारा आपत्ति प्रकट « Khabarhub

प्रहरीबाट पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति महासंघद्वारा आपत्ति प्रकट


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार केशवराज जोशीमाथि प्रहरीबाट भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । वाह्खरी डटकमका पत्रकार जोशीमाथि बिहीबार बिहान लकडाउन कार्यान्वनका लागि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कार्यरत प्रहरीले दुर्व्यवहार गरेका थिए ।

पत्रकार महासंघका अनुसार कार्यालय जाने क्रममा भिडियो खिचिरहेका पत्रकार जोशीको परिचय पत्र थुत्दै प्रहीले करिब १० मिनेट होल्डमा राखेका थिए ।

पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यस किसिमको ज्यादतीले प्रेस स्वतन्त्रतामा आघात पुगेको महासंघको ठहर छ । महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदोर्‍याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

यस्तै, वैशाख १७ गते नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा अनलाइन खवर डटकमका सम्वाददाता सुवास पण्डितलाई लक्षित गरी अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति पनि महासंघले ध्यानाकषर्ण भएको जनाएको छ । चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री बाहिरिएको र खर्च प्रक्रियामा अनियमितता भएको विषयमा समाचार प्रकाशित भएपछि पण्डितलाई यस किसिमले धम्की दिइएको महासंघ चितवन शाखाले जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै सार्वजनिकरुपमा विज्ञप्ति निकालेर धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघले जनाएको छ । महासंघ प्रेसविरुद्ध हुने यसखाले घटनाको कडारुपमा भर्त्सना गर्दै प्रेस स्वतन्त्रता सम्मान गर्न र यस्ता कार्य नदोर्‍याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

साथै, कोरोना भाइरस -कोभिड १९_ को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सबै पक्षबाट सहज र सुरक्षितढंगबाट काम गर्ने वातावरण बनाउन कार्यमा सघाउन सम्बन्धित सबैमा आग्रह गर्दछ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ४ : १७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको