पछिल्लो २४ घन्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित | Khabarhub Khabarhub

पछिल्लो २४ घन्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत २४ घण्टामा नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित देखिएका छैनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार गत २४ घण्टामा नयाँ संक्रमित देखिएका छैनन् ।

हाल देशभर संक्रमितको संख्या ५७ जना रहेको छ भने १६जना निको भएर घर फर्किससकेका छन् । डा देवकोटाका अनुसार ४१ जना कोरोना संक्रमितहरुको विभिन्न अस्पतालको आइसोलेसनमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

संक्रमित ४१ जनामध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा एकजना, चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा एकजना, विरगञ्जको नारायणी अस्पतालमा ८ जना र विराटनगरको कोशी प्रादेशिक अस्पतालमा ३१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

डा देवकोटाका अनुसार यी अस्पतालहरुमा रहेका ४१ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ५ : २० बजे

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी

एनसेल फाउण्डेसनसँगको सहकार्यमा किरण मानन्धरको चित्रकला प्रदर्शनी सुरु

काठमाडौं – एनसेल फाउण्डेसनसँगको सहकार्यमा कलाकार किरण मानन्धरको विशेष चित्रकला

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौं – नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम